आइसीसी एकदिवसीय विश्वकप छनोटमा सन्दिपलाई पहिलो सफलता

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन् ।

जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा टस जितेर पहिले पहिले बलिङ गरेको नेपालका लागि सन्दिप लामिछानेले यसअघिका खेलमा भोगेको आलोचना तोड्दै ओपनर ब्रान्डन किङलाई आउट गरेका हुन् ।टिमलाई राम्रो स्कोर तर्फ अगाडि बढाएका किङलाई सन्दिपले १५ ओभरको तेस्रो बलमा किङलाई पेभिलियन पठाए । आउट हुनुअघि ओपनर किङले २ चौका र २ छक्का मद्दतमा ३२ रन बनाए ।

त्यसअघि दोस्रो ओभरको तेस्रो बलमै पहिलो विकेट लिएको नेपालले तेस्रो विकेट लिदाँ १७ ओभरको खेल सकिएको छ भने न्युजिल्याण्डले ७० रन बनाएको छ ।करण केसीले केल मायरलाई कुशल भुर्तेलको हातबाट क्याच गराएका हुन् । त्यस्तै गुलशन झाले जोनसन कार्लेसलाई आरिफ शेखको हातबाट सुन्य रनमा पेभिलिएन पठाएका हुन् ।नेपालले मंगलबार अमेरिकासँग खेलेको प्लेईङ–११ लाई नै निरन्तरता दिएको छ ।

पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो । दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियनसँग नेपालको यो नै पहिलो भेट हो ।

नेपालले कुनै पनि विश्व बिजेतासँग पहिलो पटक खेल्ने अवसर पाएको हो । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।

बिहिबार, ०७ असार, २०८०, दिउँसोको ०२:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर