यामाहाले बजारमा ल्यायो रे जेडआर १२५ हाइब्रिड स्कुटर

विराटनगर । स्मार्ट मोटर जेनरेटर सहितको हाइब्रिड स्कुटर विराटनगरको बजारमा आएको छ । यामाहा नेपालका विराटनगरको लागि आधिकारिक विक्रेता तिरुपति अटो प्यालेस प्रालिले विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरी रे जेडआर १२५ हाइब्रिड स्कुटर बजारमा आएको जानकारी गराएको हो ।

यामाहा नेपालले ल्याएको रे जेडआर १२५ हाइब्रिडमा चार ट्रिमहरू स्ट्यान्डर्ड, डिलक्स र प्रिमियम–प्रिमियम प्लस उपलब्ध छन् । रे जेडआर १२५ हाइब्रिडको केन्द्रमा शक्तिशाली एयर कुल्ड, फ्युल इन्जेक्टेड १२५ सिसी ब्लु कोर इन्जिन छ । साइलेन्ट स्टार्टरका रूपमा पनि चिनिने यो प्रणाली इन्धन दक्षतालाई मद्दत गर्न इलेक्ट्रिक मोटरका रूपमा दोब्बर हुन्छ ।

इलेक्ट्रिक पावर सपोर्टको सिमलेस एकीकरणले इन्धनको बचत मात्र गर्दैन, समग्र सवारी अनुभवलाई पनि बढाउँछ ।

रे जेडआर १२५ हाइब्रिड एक पुनः डिजाइन गरिएको हो, जसमा पूर्ण डिजिटल इन्भेस्टमेन्ट क्लस्टर र एलइडी हेडल्याम्प रहेको छ । १४५ एमएमको ग्राउन्ड क्लियरेन्सका साथ मात्र ९९ किलोग्राम तौल भएको यसमा युनिफाइड ब्रेकिङ सिस्टम ९युबिएस०, साइड स्ट्यान्ड इन्जिन कट–अफ फङ्सन र २१ लिटर अन्डर–सिट भण्डारण सुविधा छन् ।

यामाहा नेपालका विराटनगरको लागि आधिकारिक विक्रेता तिरुपति अटो प्यालेस प्रालिका निर्देशक नयन पराजुलीले जेडआर १२५ हाइब्रिड सिरिजबारे भने, ‘अल्टिमेट स्कुटर बाइक एरोक्सको सफल सुरुवातपछि नेपालको पहिलो हाइब्रिड स्कुटर रे जेडआर हाइब्रिड लन्च गर्न पाउँदा यामाहा नेपाल गौरवान्वित छ । यसले शक्ति, शैली र सुरक्षाको संयोजन गर्छ, जसले गर्दा हाम्रा मूल्यवान् ग्राहकलाई अत्याधुनिक उत्पादन उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ फराकिलो बनाउँछ ।’ रे जेडआर १२५ हाइब्रिडको बेसिक मोडेल स्ट्यान्डर्ड रियर ड्रमको मूल्य दुई लाख ७९ हजार नौ सयबाट सुरु हुन्छ ।

मङ्गलबार, ३० जेठ, २०८०, साँझको ०५:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर