बेलबारीमा दैनिक उपभोग्य सामानको मूल्यमा एकरुपता

बेलवारी । दिनप्रतिदिन तिब्र रुपमा विश्वमा महामारीको रुपमा फैलिदै गईरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न सरकारले देशलाई लकडाउनको घोषणा गरको २६ दिन भएको छ ।

बजारमा दैनिक उपभोग्य बस्तुको कृतिम अभाव र बढी मूल्मा बिक्रिवितरण हुन नदिन बेलबारी उद्योग वाणिज्य संगले बेलबारी भित्रका सबै पसललाई मूल्य सूची सार्वजनिक गर्दै मूल्मा एकरुपता ल्याएको छ ।

केही दिनदेखि बेलबारी नगरपालिीका क्षेत्र भित्रका खाद्य किराना पसलमा उपमेयर ढाकाकुमारी पराजुलीसहितको अनुगमन टोलीले पटक–पटक अनुगमन गरिरहेको छ ।

शुक्रबार बेलबारी नगरपालिका र इलाका प्रहरी कार्यलयसँग समन्वय गर्दै बेलबारी उद्योग वाणिज्य संघले बजार अनुगमन गरे पश्चात मूल्मा एकरुपता ल्याउने निर्णय गरेको बेलबारी उद्योग वाणिज्य संघका अध्यक्ष योगेन्द्र प्रसाद सुवेदीले बताउनु भयो ।

फरक–फरक पसलमा फरक–फरक मूल्य रहँदा उपभोक्तालाई असजिलो भएको हुनाले उपभोक्ताको हितमा र व्यवसायीहरुलाई पनि विक्रिवितरण गर्न सजिलो होस् भनेर जिल्लामै पहिलो पटक मूल्यमा एकरुपता कायम गरिएको उद्योग वाणिज्य संघ बेलबारीका बरिष्ट उपाध्यक्ष राजेशजंग कार्कीको भनाइ छ ।

शनिबार उद्योग वाणिज्य संघ बेलवारीले एक विज्ञप्ती जारी गर्दै खाद्य सामग्रीको जारी गरिएको मूल्यभन्दा बढी कुनै पसलले लिएको पाइए तुरुन्तै उद्योग वाणिज्य संघ, बेलवारी नगरपालीका वा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।

जारी मूल्य सूची अनुसार कान्छी मन्सुली चामल (नयाँ) ४० रुपैयाँ प्रतिकेजी, कान्छी मन्सुली चामल (पुरानो) ४२ रुपैयाँ प्रति केजी, नुन २२ रुपैयाँ प्रति केजी, चिनी ८० रुपैयाँ प्रति केजी, चिउरा ६० रुपैयाँ प्रति केजी, तोरी तेल ९५ रुपैयाँ एक पोका, रिफायन तेल ८० रुपैयाँ पोका, मैदा ६० रुपैयाँ प्रति केजी, चना ११० रुपैयाँ प्रति केजी, हरियो मटर १२२ रुपैयाँ प्रति केजी, भुजा ८० रुपैयाँ प्रति केजी, मुसुरो दाल १२० रुपैयाँ प्रति केजी रहेको छ ।

शनिबार, ०६ बैशाख, २०७७, दिउँसोको ०३:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर