पैसा नहुँदा अस्पतालमै बन्धक शव

विराटनगर ।मोरङको रंगेली नगरपालिका–२ का आषिश घिमिरेको शव अस्पतालबाट निकाल्न सहयोगको अपिल गरिएको छ । आर्थिक अवस्था कमजोर भएका कारण रकम बुझाउन नसक्दा शव निकाल्न नपाएको भन्दै परिवारले आर्थिक सहयोगको अपिल गरेको हो ।

रंगेली–२ जलियाका हरि घिमिरे र सावित्रा घिमिरेको २८ वर्षीय छोरा आशिष घिमिरे गत बैशाख २५ गते घरको छतबाट खसेर घाइते भएका थिए । छतबाट खसेर गम्भीर घाइते भएका उनलाई विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएको थियो । उपचारको क्रममा सोमबार राति उनको मृत्यु भयो ।

अस्पताल र फार्मेसीकोसहित करिब ४ लाख रुपैयाँ बुझाउनु पर्ने भएपछि समस्या भएको आफन्तले बताएका छन् । सो रकम नबुझाउँदासम्म अस्पतालले शव नदिने बताएपछि आफन्तले शव निकालेर अन्तिम संस्कार गर्नका लागि सहयोग गर्न आग्रह गरेका छन् । आफन्तले सविता घिमिरेको नाममा रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको खाता नम्बर ०९७०५३३०००८१९८ मा सहयोग गर्न अपिल गरेका हुन् ।

मङ्गलबार, ०९ जेठ, २०८०, साँझको ०७:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर