नर्सिङ्ग दिवसमा न्यूरोद्वारा सय जना नर्सलाई सम्मान

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाएको छ । नर्सिङ दिवसको अवसरमा एक सय जना नर्सहरुलाई सम्मान गरेको हो ।

दिवसको सन्दर्भ पारेर अस्पतालले त्यहाँ कार्यरत १०० जना नर्सलाई सम्मान गरेको थियो । नर्सहरुलाई कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीको कदर पत्र र दोसल्ला ओढाएकी थिइन् । अस्पतालमा पाँच वर्षभन्दा बढी समयदेखि प्रत्येक विभागमा कार्यरत उत्कृष्ट नर्सलाई सम्मान गरिएको अस्पतालले जनाएको छ ।

कार्यक्रममा नर्सले बनाएको सन्तुलित आहार सम्बन्धी प्रर्दशनी पनि गरिएको थियो । त्यस्तै नर्सहरुले बनाएको चित्रकला प्रर्दशनी गरिएको थियो भने कार्यक्रममा साँस्कृतिक नृत्य प्रस्तुत गरी दिनभरी रमाइलो गरिएको थियो । प्रर्दशनीका उत्कृष्ट हुने नर्सहरुलाई पुरस्कृत पनि गरिएको थियो ।
न्यूरो अस्पतालका अध्यक्ष वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्रकुमार विष्ट, कार्यकारी निर्देशक डा. अनिशा विष्ट, एकेडेमिक डाइरेक्टर तथा वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोका, हस्पिटल डाइरेक्टर इन्जिनियर रन्जितराज बस्नेतलगायतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।यसैगरी नेपाल नर्सिङ्ग संघले पनि विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाएको छ । विराटनगर ४ नोबेल पछाडि आफ्नै नवनिर्मत भवनमा शनिबार एक कार्यक्रम आयोजना गरी नर्सिङ्ग दिवस मनाएको हो ।

संघको भवन निर्माणमा उल्लेखनीय योगदान पु¥याउने दुई जनालाई संघले सम्मान गरेको छ । जग्गा दाता होमादेवी न्यौपाने र नेपाल नर्सिङ्ग संघको निर्वतमान केन्द्रीय सदस्य अन्जुला कार्कीलाई सम्मान गरिएको हो । उनीहरुलाइ कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको संघका सचिव मेनुका भण्डारीले जानकारी दिइन् ।

आइतबार, ३१ बैशाख, २०८०, बिहानको ०९:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर