विराटनगर । नेकपा एकीकृत समाजवादी मोरङकी उपसचिव निलम ढुंगेल एकीकृत ट्रेड युनियन महासंघ नेपाल केन्द्रीय समितिको उपमहासचिव पदमा निर्वाचित भएकी छन् ।
महासंघको प्रथम राष्ट्रिय महाधिवेशनबाट विराटनगरकी ढुंगेल उपमहासचिव पदमा निर्वाचित भएकी हुन् ।
ट्रेड युनियनको क्षेत्रमा सक्रिय युवा नेतृ ढुंगेललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमाणपत्र प्रदान गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
समितिको अध्यक्षमा विष्णु लम्साल चयन भएका छन्।