नेपालद्वारा ओमनलाई ८४ रनले पराजित

काठमाडौँ । एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत नेपालले ओमानमाथि ८४ रननले विजयी भएको छ ।

कीर्तिपुरस्थिति त्रिवि मैदानमा आएको भएको खेलमा बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको मदतमा नेपाली ओमानमाथि सानदार सित निकालेको हो ।

३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए भने दिपेन्द्रसिंह ऐरी दुई र ललित राजवंशी एक विकेट लिए । ९ विकेटमात्र गुमाएको भए पनि ओमानले एकजना ब्याटर अघिल्लो इनिङ्समा चोटग्रस्त भएपछि ब्याटिङ गर्न सकेनन् ।

ओमानका मोहम्मद नदीमले सर्वाधिक ६५ रन बनाएपनि जितका लागि प्राप्त हुन सकेन । सन्दीप गौड ४६ , आयन खान २९, फैयज बट १९, जतिन्दर सिंह १५, आदिल शफिक १३ र कलिमुल्लाह २ रनमा आउट भए । नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक हाने । आफ्नो एकदिवसीय करियरकै पहिलो शतक प्रहार गरेका उनी नेपालका लागि एकदिवासीय अन्तर्राष्ट्रियमा छिटो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन्। ९ चौका र १० छक्का प्रहार गरेका उनले ६४ बलमै १०८ रन बनाए ।

यस्तै आजको खेलमा सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान पनि बनाएका छन्। यसअघि यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा थियो। रसिदले ४४ खेलबाट सय विकेट लिएका थिए। सन्दीपले भने ४२ औं खेलबाटै सय विकेट लिँदै कीर्तिमान बनाएका हुन्।

शुक्रबार, ०८ बैशाख, २०८०, साँझको ०५:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर