विराटनगर । जिल्ला ट्राफिक कार्यालय मोरङ्गले मारवाडी युवा मञ्चसँगको सहकार्यमा विराटनगरका मुख्य–मुख्य सडकखण्डहरुमा जनचेतना मुलक होडिङ बोर्डको व्यवस्थापन गरेको छ ।
कार्यालयले समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत विराटनगरका मुख्य–मुख्य सडक खण्डहरुमा लकडाउनको पालना गरौं लेखिएको होडिङ बोर्डको व्यवस्थापन गरेको हो । कार्यालयले विराटनगरको कञ्चनबारी, बरगाछी, मुनालपथ, महेन्द्र चोक, बसपार्क, रोडशेष, ट्राफिक चोक, पञ्चमुखी हनुमान मन्दिर, जलजला चोक, गोल्छा चोक र तिनपैनी लगायतका सडकखण्डहरुमा बोर्डको व्यवस्थापन गरेको छ ।
यसका साथै ट्राफिक प्रहरीले बढदै गएको कोरोना भाईरसको जोखिमसँगै लम्बिदै गएको लकडाउनलाई पुर्णपालना गराउन लकडाउन उल्लङघन गर्नेलाई यथास्थानमै २ घण्टा उभ्याएर प्रशिक्षण दिने गरेको जिल्ला ट्राफिक कार्यालय मोरङ्गका प्रमुख राकेश पोद्धारले बताउनु भयो । सरकारले भने आगामी बैशाख १५ गतेसम्मका लागी लकडाउनको समयावद्यि थप गरेको छ ।