हरिनगरा क्वारेन्टाइनका सबैको रिपोर्ट नेगेटिभ

इनरुवा । सुनसरीको हरिनगर गाउपालिका स्थित क्वारेन्टाइनमा रहेका ३४ जनाको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेको छ ।

भारत लगायतका अन्य मुलुकबाट आएकाको परीक्षणका क्रममा ३४ जनाको रिपोर्ट नेगेटिभ आएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश थापा मगरले जानकारी दिनुभयो ।

हरिनगर १ मा रहेको विजी अस्पतालको क्वारेनटाइनमा रहेका १५ जना र जामा मस्जिदमा रहेका १९ जना गरेर ३४ जनाको रिपोर्ट नेगेटिभ आएको हो । क्वारेटाइनमा रहेकाको स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो ।

मङ्गलबार, ०२ बैशाख, २०७७, साँझको ०६:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर