नेपालमा सङ्क्रमितको संख्या १२ पुग्यो

बिरगञ्जका तीन जना भारतीयमा कोरोना पुष्टि

विराटनगर । बिरगञ्जमा बस्दै आएका तीन जना भारतीय नागरिकमा कोरोना पुष्टि भएको छ । उनीहरुको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

यसअघि हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।

गत बिहीबार भारतबाट आएका २४ जनासहित संकास्पद ३३ जनाको नमुना परीक्षणका लागि हेटौडास्थित प्रयोगशालामा पठाइएको थियो । ति मध्ये तीन जनाको पोजेटिभ रिपोर्ट आएपछि पुन परीक्षणका लागि टेकुमा पठाइएको थियाृ ।

वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरु शुक्रबारदेखि नै नारायणी अस्पतालको आइसोलेसनमा छन् । संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।

सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।

आइतबार, ३० चैत, २०७६, बिहानको ०९:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर