किसान लक्षित कार्यक्रम ल्याउन माग

विराटनगर । १ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका सचेतक सूयर्माराज राईले कोरोनाबाट किसान प्रभावित भएको भन्दै्र किसान लक्षित कार्यक्रम ल्याउन माग गर्नुभएको छ ।

शनिबार एक अपिल जारी गर्दै सचेक राईले आफ्नो निर्वाचन क्षेत्रका किसानले उत्पादन गरेका कुखुरा, दूध, तरकारी, अण्डा आदि कृषिजन्य उत्पादनको बिक्री हुन नसकेको बताउँदै सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले चैते धानमा हाल्ने युरिया र डिएपीलगायतका मलको प्रबन्ध मिलाइदिनसमेत सरकारलाई अनुरोध गर्नुभएको छ ।

मोरङ क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य राईले निर्वाचन पूर्वाधार विकास कोषबाट न्यूनतम (अधिकतमको हकमा सरकारले गरेको निर्णयलाई स्वीकार गर्दै) ५ लाख रुपैयाँ प्रत्येक वडाको संचित कोषमा जम्मा हुनेगरी व्यवस्था मिलाइदिन प्रदेश सरकारसँग माग पनि गर्नुभएको छ ।

राईले पूर्वाधार विकास कोषको रकम कोरोना संक्रमण नियन्त्रणको लागि कोषमा जम्मा गर्ने अभियानमा प्रदेश १ का सम्पूर्ण सांसदहरुलाई आफ्नो प्रस्तावप्रति विचार गरि सहयोग र समर्थन प्रदान गर्न आव्हान पनि गर्नुभएको छ ।

अहिले लकडाउनको पालना गर्नु नै बुद्धिमानी हुने बताउँदै राईले राहत वितरणलगायत अन्य सहयोगलाई एकद्वार प्रणालीअन्तर्गत ल्याइ पारदर्शीढंगले लक्षित वर्गसम्म पुर्‍याउन पनि आव्हान गर्नुभएको छ ।

शनिबार, २९ चैत, २०७६, दिउँसोको ०१:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर