रोटरीद्वारा ज्येष्ठ नागरिकको निःशुल्क उपचार

विराटनगर । रोटरी क्लब अफ विराटनगर मीड टाउनले धनकुटा नगरपालिका ९ विश्रान्ति वृद्ध आश्रम मुलघाटमा ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य जाँच गरेको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर भएको हो ।

शिविरमा २७८ जना ज्येष्ठ नागरिकहरूले स्वास्थ्य सेवा लिएको

रोटरी क्लब अफ विराटनगर मीड टाउनका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य जाँच नोबेलका विशेषज्ञ चिकित्सकहरूको टोलीले गरेको थियो । स्वास्थ्य जाँच गरिएको बिरामीको भिडियो ए–क्ससरे, ई सिजी र ल्याब परीक्षण पनि निःशुल्क गरिएको थियो । बिरामीहरूलाई औषधी पनि वितरण गरिएको उनले बताए ।

शिविरमा नोबेल डा।सीता घिमिरे, धनकुटा ९ का वडाध्यक्ष टंक प्रसाद रोयला, आश्रमका पदम प्रसाद काफ्ले र कार्यक्रम संयोजक चउगंगा प्रसाद यादव, सह संयोजक चतल कुमार खतिवडा रहेका थिए ।

आइतबार, ०३ पुष, २०७९, दिउँसोको ०३:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर