विराटनगर । प्रदेश १ प्रदेश सरकार मन्त्रीपरिषद्को निर्णयले प्रादेशिक आयुर्वेद अस्पताल, लखनपुरको अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । यस्तै ग्रामणि सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाईको संगठन संरचना र दरबन्दी तेरिज पनि प्रदेश सरकारले स्वीकृत गरेको छ ।
विराटनगरस्थित मन्त्रीपरिषद्को कार्यालयमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार बैठकले आर्थिक विकासका लागि लगानी तथा नवप्रवर्तन सम्बन्धी आयोजनाको प्रस्ताव संघीय अर्थ मन्त्रालय समक्ष पेश गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले प्रदेश १ लैंगिक समानता नीति, २०७९, र प्रदेश १ सामाजिक समावेशीकरण नीति २०७९ पनि स्वीकृत गरेको छ ।