डा.सुनिल शर्माद्वारा राहत कोषमा ३० लाख सहयोग

विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कोरोना प्रभावितहरुलाई सहयोगका लागि ३० लाख ३६ हजार रकम प्रदान गर्नुभएको छ ।

आफ्नो गाउँ तथा आफुले चुनावमा प्रतिस्पर्धा गरेको मोरङको क्षेत्र नं.३ का कोरोना प्रभावितहरुलाई राहतका लागि डा।शर्माले ३० लाख रकम सहयोग गर्नुभएको हो ।

क्षेत्र नं. ३ मा पर्ने बेलबारी, पथरी शनिश्चरे र सुन्दरहरैंचा नगरपालिका कार्यालयको राहत कोषमा जम्मा हुनेगरी डा।शर्माले उक्त रकम आज बेलबारीमा नगर प्रमुखलाई हस्तान्तरण गर्नुभएको हो । उहाँले बेलबारीका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई ११ लाख ७५ हजार, पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राईलाई ९ लाख ८६ हजार र सुन्दरहरैंचा नगर प्रमुख शिवप्रसाद ढकाललाई ८ लाख ७५ हजारको चेक हस्तन्तरण गर्नुभयो ।

चेक हस्तान्तरण पछि बोल्दै डा।शर्माले यो संकटका बेला आफ्नो ठाउँका कोरोना प्रभावित गरिब, दुखीलाई राहत पु¥याउन सहयोग गरेको प्रतिक्रिया दिनुभयो ।

राहत ग्रहण गर्दै सुन्दरहरैचा नगर प्रमुख ढकाल र बेलबारीका नगर प्रमुख सुवेदीले धन मात्र नभई ठूलो मन भएको व्यक्तिका रुपमा डा।शर्मालाई चिनाउँदै उनको सेवा भावको खुलेर प्रशंसा गर्नुभयो ।

बिहिबार, २७ चैत, २०७६, साँझको ०७:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर