विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगर महानगरपालिकालाई १२ सय केजी चामल सहयोग गरेको छ ।
क्लबले कोरोना भाईरसको सङक्रमण रोकथाम तथा न्यूनीकरण गर्न जारी गरिएको लकडाउनमा दुई छाक टार्न गार्हो हुने परिवारलाई मध्यनजर गर्दै महानगरपालिकालाई सहयोग गरेको हो ।
महानगरपालिकाले पनि आईतबारदेखि विराटनगरका विभिन्न वडाहरुमा राहत स्वरुप खाद्यान्न वितरण सुरु गरेको छ । यस कार्यमा विभिन्न व्यक्ति तथा संघ संस्थाले पनि सहयोग गरिरहेका छन् । यसैबिच रोटरी क्लबले पनि सहयोग हस्तान्तरण गरेको हो ।
गरिब तथा विपन्न परिवारहरुमा राहत वितरणका लागि उपलब्ध गराईएको सो सहयोग सोमबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई हस्तान्तरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउन टाउनकी प्रेसिडेन्ट अर्चना तापडियाले जानकारी दिनुभयो ।
रोटरी क्लबले भने यसअघि पनि गरिब तथा विपन्न वर्गका परिवारका लागि विभिन्न कार्यक्रमहरु ल्याईसकेको छ ।