डा. बालकृष्ण साह प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ हुन् । उनको नाम नेपाली कांग्रेसले सुनसरी क्षेत्र २ ख का लागि समानुपातिकबाट सिफारिस गरेको छ ।साहसँग गरीएको कुराकानीको सम्पादित अंश :-
तपाइको परिचय पारिवारिक पृष्ठभूमि र पेशा ?
म समान्य कृषकको छोरा हुँ । अहिले पनि मेरो बुबा कृषि मै आवद्ध हुनु हुन्छ । मेरो जन्मस्थान डुम्राहा (हाल रामधुनी ९) हो । गाउँ कै स्कुलमा प्राथमिक तह अध्ययन गरेँ । त्यस अवस्थामा अहिलेको शनिश्चरे मा.वि, प्राथमिक तहसम्म मात्रै थियो । त्यसपछि अध्ययन कै क्रममा बाहिरिनु पर्याे र अहिलेसम्म बाहिर नै छु । घर त मेरा लागि माईत भएको छ, सायद त्यसैले माया बढी छ । म लायन्स तथा अन्य संघसंस्थाको तर्फबाट मेरो पहिलो विद्यालय र गाउँमा विभिन्न सेवामूलक काम गर्दै आएको छु ।
राजनैतिक शुरुवात, लगाव र संगठनमा पद तथा हैसियत ?
राजनीतिक रुपमा म धेरै सकृय छैन तर समाजिक कार्यमा म सधैं सकृय रहे । एसएलसी पछि हाम्रो गाउँ कै साथिहरु मिलेर डुम्राहा युवा समाज कल्याण समिति गठन गरि भित्ते पत्रिका, अनि जाडरक्सी, युवातास प्रतिबन्ध समेत गरायौं । त्रिचन्द्र कलेजमा आई एस्सी पढ्दा गगन थापा, किसोर सिह राठोर जस्ता संग संगत भयो ने वि संघमा लागियो । घरमा पनि नेपाली कांग्रेसको कार्यालय थियो । पछि पाटन संयुक्त क्याम्पसमा लाल किल्ला तोडियो र साईन्सको मर्निङ ईन्चार्ज भए । विश्व प्रकाश दाइ ने वि संघ केन्द्रमा हुनु हुन्थ्यो, रुममा आउनु हुन्थ्यो । ने वि संघमा सक्रिय भए । तर एमविविएस अध्ययनका क्रममा राजनीतिकमा पुर्ण विराम मारेको थिए । तर ऐतिहासिक जन आन्दोलनमा चुप लागेर बस्न सकिन । तरुण दल काठमाडौको नेतृत्वमा आन्दोलन हिड्दा तिनकुनेमा घाईते समेत भए । तर पनि त्यस पछि खासै राजनीतिकमा सकृय भईएन ।
राजनीतिकमा दोस्रो ईनिङ्ग ईनरुवा अस्पताल र राजिव दाईको साथले अगाडि बढेको हो भन्दा फरक नपर्ला । ईनरुवा अस्पतालमा शल्यक्रिया शुरु गर्न अर्थात सिईओएनसि कार्यक्रम सञ्चालनका लागि वजेट विनियोजन भए पनि शुरुआत नभए पछि “तपाईंको ठाउँ, तपाईंले नगरे कसले गर्छन् ?“ भनेर सेवा सुचारुका लागि नियुक्ति गरे पछि र मैले शल्यक्रिया शुरु गरे पछि कता कता म कांग्रेसीलाई ईनरुवा किन पठाएको भनेर तत्कालीन समाजिक विकास मन्त्री समक्ष प्रश्न आए पछि मलाई पुनः कांग्रेस भएर नै सेवा गर्ने ईच्छा जाग्यो र यसलाई आदरणिय राजिव दाईले साथ दिनु भयो । १४ औ अधिवेशनले मलाई प्रदेश अधिवेशन प्रतिनिधि समेतका जिम्मेवारी दियो ।
एउटा पेशामा भएको बेलामा के कति कारणले चुनावमा भाग लिन इच्छुक ?
पेशाले म एक चिकित्सक । धेरैको बुझाई के छ भने पेशाकर्मीहरु राजनीतिक गर्नु हुदैन । पेसाकर्मीले राजनीतिक पुर्वाग्रह राख्नु हुदैन यो सत्य हो तर राजनीतिक पेसामर्कीले नै गर्नु पर्छ । राजनीतिक भनेको समाज सेवा हो, स्वेम सेवकको काम हो । राजनीतिकबाट आर्थिक लाभ लिनु हुदैन, आर्थिक लाभको लागि काम गर्नुपर्ने हुन्छ । त्यसको लागि कोहि कृषि, कोहि व्यपार गरे जस्तै म डाक्टरी गर्ने हो । पेसा र परिवारबाट बचेको समय र पैसा समाजलाई दिने उद्देशका साथ म राजनीतिकमा आएको हु । नेपालको स्वास्थ्य अवस्था बुझेको छु र यसलाई डाक्टर मात्रै भएर सुधार गर्न सकिँदैन । नीति बनाउने तहमा म जस्ता चिकित्सक, जनस्वास्थ्य विज्ञहरु पुग्न जरुरी छ । सायद देशलाई मेरो यो भुमिका पनि जरुरी छ ।
सिफारिस हुनुमा मुख्य कारण के ? अन्तिम नामावलीमा अटाउन सम्भावना कति र किन ?
अहिले नेपाली कांग्रेसले प्रदेशका लागि प्रदेशको क्षेत्रिय समितिबाट नै सिफारिस हुनुपर्ने नियम बनाएकाले सुनसरी २ ख को मिटिङले मेरो नाम सिफारिस गर्याे र सो लाई जिल्लाबाट पनि योग्य ठह¥याएको छ । १४ औ अधिवेशनका सिलसिलामा मैले सुनसरी २ ख का १८ वडा वडाहरुमा जुन किसिमले भिजे, जसरी सम्बन्ध बनाए र पार्टीको मुल्य, मान्यताहरु साथिहरुलाई बुझाउन सके त्यसले मलाई एउटा उचाईमा पु¥याउन सफल रह्यो । स्थानीय निर्वाचनमा जनता समक्ष रहेको मेरो प्रस्तुतिहरुले म मा नेतृत्वको क्षमता रहेको देखियो । सायद त्यसैले मेरो नाम सिफारिस भएको हुनु पर्छ । अन्तिम नामावलीमा मेरो नाम पर्ने सम्भावना छ । हुनत नेपाली कांग्रेस नेपालको सबै भन्दा जेठो पार्टी हो । सुनसरीमा वि पि संग गिरिजाप्रसाद कोईरालासंग राजनीतिक संघर्ष गरेका व्यक्ति, परिवारहरु छन् । ती व्यक्तिहरुको विचमा म कान्छो सदस्यलाई अवसर दिने कारण मेरो निष्ठा, मेरो विचार हुन सक्छ । यो भनेको परिवर्तनको बेला हो । पार्टीले योग्य व्यक्तिहरुलाई टिकट दिन खोजेको छ । सबै व्याट्सम्यान मात्रै भएर पनि हुदैन । त्यसैले कोहि पार्टीका पुराना सदस्य, कोहि नयाँ । सबै चाहिन्छ । एक जना डाक्टरको आवश्यक्ता प्रदेश सभालाई छ भन्ने कुरा कांग्रेसले बुझेको छ । त्यसैले मेरो नाम अन्तिम नामावलीमा पर्ने सम्भावना प्रवल छ ।
पेशा सँगसँगै राजनीति अगाडि बढाउन कति सजिलो ?
पेसा संगै राजनीतिक गर्ने कुरा नेपालमा नयाँ हो । नेपालमा एक पटक मन्त्री भए पछि सधैं भरि राज्यले पाल्नु पर्ने अवस्था आएको देखेका छौ । यो गलत हो । राजनीतिकमा अवकाश र जिम्मेवारी सकिए पछि आफ्नो काममा फर्किन सक्ने हुनुपर्छ । ओवामा राष्ट्रपति पछि क्याम्पसमा पढाउन हुन्छ भने म किन हुदैन ?
तपाईको क्षेत्रमा तपाइको प्रभाव ?
मेरो क्षेत्रमा म हुर्केको छु । बढेको छु । राम्रोसंग बुझेको छु । पछिल्लो चरणमा रामधुनी, ईनरुवा, हरिनगर र देवानगञ्जका साथिहरुसंग नियमित भेटघाटमा छु । चुनावमा सबै भन्दा ठुलो कुरा न त नारा हुन्छ न त घोषण पत्र नै हुन्छ । सबैभन्दा महत्वपुर्ण कुरा हो विश्वास । मप्रति धेरैको विश्वास पाएको छु । त्यसैले मलाई प्रत्यक्षमा उम्मेदवारी दिए पनि मेरो विजय निश्चित छ भनेर भन्न सक्छु ।
उदेश्य सफल भएमा तपाइको भिजन के के छन् ?
मेरो मिसन र भिजनलाई २ भागमा विभाजन गरेको छु ।
१.प्रदेश स्तरिय
क. स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउन भएका दरबन्दी अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी भर्ना गर्न प्रदेश लोक सेवालाई सकृय, क्रियाशील र अधिकार सम्पन्न बनाउने ।
ख. प्रदेशले स्थानीय सरकार र केन्द्रीय सरकार विचको पुल रहेकाले प्रदेश सरकारलाई अति आवश्यक सेवाहरुलाई जनता समक्ष पु¥याउन स्थानीय सरकारलाई खवरदारी र सवन्यन गर्दै यिनभकतष्अ र प्राविधिक सहयोग जुटाउने ।
२. क्षेत्रगत
क. मेरो क्षेत्रमा अधिंकाश परिवार कृषिमा आश्रित छन् । सुनसरी, कुरुवा खोलाहरुले सताएका छन् । यस अवस्थामा एकातिर परम्परागत खेतिलाई आधुनिकता दिदै सिचाइ र मलखादको व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर भारतीय तरकारीसंग प्रतिष्पर्धा गर्नुपर्ने छ । त्यसैले आधुनिक खेति, सिचाइ, बिउिबजन तथा मलखाद र वजारलाई प्याकेजमा सशक्तीकरण गरि दिर्धकालिन समाधान गर्ने तिर लम्किने छु ।
ख. पुराना जिल्ला अस्पताललाई साच्चिकै ५० शैया र ९जना विशेषज्ञहरुद्वारा सेवा शुरु गर्दै १०० शैयामा स्तर उन्नति गराउदै प्रदेश स्वास्थ्यका तालिमहरु ईनरुवा अस्पतालबाट गर्ने सुनिश्चितता दिने प्रयत्न गर्ने छु ।
ग. गर्भवती, सुत्केरी र बालपोषणमा स्थानीय तहमा समस्या समाधान हुने गरि आवश्यक कार्यक्रमको तर्जुमा गर्ने छु ।
घ. स्कुल, मदरसा तथा निजि विद्यालयहरुको विकासमा सहयोग गर्दै बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्ने छु ।
मुख्य रुपमा “शिक्षा, स्वास्थ्य र व्यवस्थित खेती तथा यसका बजार” मा नै म केन्द्रित हुने छु । अरु ठुलो ठुलो सपना दिने तर पूरा नगर्ने बाचा चाहिँ गर्दिन ।
दलबाट र स्वतन्त्रबाट लड्नुको फरक के होला ?
संविधानसभा दलिय व्यवस्था छ र सरकार दलिय भएकाले प्रदेश र केन्द्रमा दल आवश्यक छ । तर दलमा दलको आफ्नै केही बाध्यताहरु हुन्छन् । स्वतन्त्र हुदा स्वतन्त्र तरिकाले अगाडि बढ्न सकिन्छ तर यो स्थानीय सम्म मात्रै हो । दल नितिले चल्छ, व्यक्तिले होईन । यद्यपि पछिल्लो चरणमा हरेक दल व्यक्तिले चलाएको देखिन्छ । अझ पनि हामी नयाँ बाटोमा नै छौ, समय लाग्छ । जब युवा पिढि सक्रिय हुन्छन्, आडम्बरवादिहरु घुडा टेक्छन् । म विश्वस्त छु ।
प्रदेश सांसदका भूमिका सीमित छ । अपेक्षा अनुसार काम गर्न धेरै कठिनाइ होला नि ?
अहिले धेरैले प्रदेश खारेजीको माग अघि सारेका छन् । यो माग, आवाज त्यसै आएको होईन । प्रदेश सभा र प्रदेश सरकारले जनअपेक्षा बमोजिम काम गर्न नसकेर पनि हो । जनताले राज्यबाट के चाहन्छन् ? तपाई, हामी राज्यबाट के चाहन्छौ ? जनताले घरमा बसीबसी खाना देउ, सम्पती देउ त भन्दैनन् । जनताले राज्यबाट चाहने भनेको शान्ति सुरक्षा, शिक्षाका लागि व्यवस्था, स्वास्थ्य सेवा र आफ्नो रोजगार तथा आयश्रोतको स्थायित्व न हो । अहिले यी कुन कुरा प्रदेशले दिएको छ भन्नुहोस् । यी आधारभुत आवश्यक्तालाई प्रदेश सरकारले बुझ्ने र समाधान गर्न सक्दैनन् भने यो राखेरलाई राज्यको आर्थिक भार किन थप्नु ? अब प्रदेश सरकारले सबै भन्दा बढि काम गर्नुपर्ने क्षेत्र नै स्वास्थ्य हो, जसमा प्रदेश १ कोभिडका बेला केहि सफल थिए पनि । तर नियमित स्वास्थ्य सेवालाई चुस्त बनाउन सकेनन् । म यसमा राम्रो गर्न सक्ने छु भन्ने विश्वास छ ।