भाडामा बस्नेले राहत नपाएको भन्दै दुहबीमा बिवाद

दुहबी । सुनसरीको दुहबी नगरपालिकाले नगरबासीलाइ मात्र राहत बाढ्ने भए पछि विवाद भएको हो छ ।

दुहबी ८ भाडामा बस्ने ५०० परिवार हरुलाई सरकारि राहत नबाँडे पछि विवादले उग्ररुप लिएको हो । सोहि वडामा २० वर्षदेखि भाडामा बस्दै आएकी कोपिला खड्काका अनुसार दुहबी नगरपालिकाले भाडामा बस्नेहरुले सरकारी राहत नपाउने निर्णय गरेर आफूहरु माथि अन्याय गरेको गुनासो गर्नुभयो । उहाँका अनुसार आफूहरुको चुलोसमेत नबलेको र आफूलगायत छोराछोरी भोकभोकै बस्नु परेको दुःखेसो पोख्नुभयो ।

दुहबी नगरपालिकाले बाहिरको नागरिक हो भन्दै विभेद गरेको अर्का भाडामा बस्ने देबेन्द्र बिकले बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले राहत नदिए आफ्नो घरसम्म पु¥याउने वातावरण मिलाई दिनसमेत माग गर्नुभयो ।

दुहबी ८ का वडाअध्यक्ष तारिक चन्द सरदारले भने नगरपालिकाले नै भाडामा बस्ने नागरिकलाई राहत नपाउने निर्णय भएकोले आफू बाध्यकारी भएर दिन नसकेको बताउनु भयो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन लम्ब्याए पछि दुहबी नगरपालिकाले १ करोडको राहतको घोषणा गरेको थियो । दुहबीका सम्पूर्ण जनप्रतिनिधिले चैत्र महिनाको सम्पूर्ण सुविधा राहत कोषमा दिने समेत निर्णय गरेको छ । दुहबी नगरपालिका भित्र ४ हजार नागरिक भाडामा बसेका रहेको तथ्यांक छ ।

सोमबार, २४ चैत, २०७६, दिउँसोको ०३:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर