६५ वर्षीय दिलिप तामाङमाथि छुरी प्रहार

पथरी । मोरङको पथरी बजारमा छुरा प्रहारबाट पथरीशनिश्चरे–१ का ६५ वर्षीय दिलीप तामाङ गम्भिर घाइते भएका छन् ।

तामाङलाई सामान्य विवादमा सोही ठाउँका विजय लिम्बूले छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जानकारी दिनुभयो ।

साँझ तामाङ सँग लिम्बूले विवाद गरेको र विवाद उग्र रूप लिएपछि लिम्बूले छुरा प्रहार गरेको गिरीले बताउनु भयो । लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने तामाङको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । तामाङ नेपाली कांग्रेसका क्रियाशिल सदस्य रहेको बताइएको छ ।

शुक्रबार, २१ चैत, २०७६, रातीको ०९:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर