पथरीशनिश्चरेमा औषधि छिट्न सुरु

पथरी । कोभिड–१९, कोरोना भाइरसको संक्रमणबाट आत्तिएको पथरी शनिश्चरे शान्त बन्दै गएको छ । पथरी शनिश्चरे नगरपालिका, पथरी उद्योग वाणिज्य संघ र प्रहरीको समन्वयात्मक भूमिका र सक्रियताले स्थानीय जनताले राहतको अनुभूति गरेका हुन् ।

‘जनप्रतिनिधिको समूह घर–घर पुगेको छ । नागरिक सचेतनता बढिरहेको छ । जिल्लान्तरबाट काँही कोही आएको अवस्था भए त्यो परिवारसँग हामी जोडिन खोजिरहेका छौँ । संक्रमणको लक्षण देखिए उपचारको बन्दोबस्त भएको छ । यसबीचमा ९–१० जनालाई टाँडीस्थित आइसोलेसनमा पठाइयो । तर, केही लक्षण देखिएन । लक डाउनका कारण विपन्न र अति विपन्न घरपरिवारमा दैनिक छाकबासका हकमा पर्न गएको असरबारे हामी गम्भीर छौँ,’ नगर उपप्रमुख यमुना बिष्टले बताउनु भयो ।

पथरीमा आजदेखि किटनाशक औषधी सर्वत्र छर्किन थालिएको छ । कोरोना संक्रमण सबैका समान चासो र जिम्मेवारी बोधको विषय भएकोले यस क्षेत्रमा क्रियाशील विषयगत पेशाकर्मी युनियन, सर्वदलीय र सर्वपक्षीय सहमति र समन्वयमा काम गर्न सकिए थप बढी उपलब्धी आर्जन गर्न सकिने विष्टको भनाइ छ ।

पूर्वोत्तर मोरङको पथरी शनिश्चरे नगरक्षेत्र अन्र्तगत क्रियाशील प्रहरी बल ठाउँ–ठाउँमा पुग्ने, मास्कलगायत सावधानी अपनाउनु पर्ने विषयमाथि नागरिकलाई सचेत गर्ने, उपलब्ध मास्कलाई वितरण गर्ने, सरकारद्वारा जारी लक डाउन कार्यान्वयनलाई उल्लङ्घन गर्न उद्यत नागरिकलाई उसको व्यवहारअनुसार कारबाही गर्ने काममा प्रहरी पनि सक्रिय छ ।

पथरी बजारमा दुइपटक लाग्ने सप्ताहिक हाट अनिश्चितकालका लागि बन्द, भीडभाड हुन सक्ने सार्वजनिक स्थलहरूमाथि निगरानी बढाउने र नियन्त्रणमा लिने, बाक्लो आवागमन र यातायात माथिको कडा निगरानी राखिएको पथरी प्रहरीका प्रमुख डिएसपी दीलिप कुमार गिरीले बताउनु भयो ।

शुक्रबार, २१ चैत, २०७६, साँझको ०६:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर