कोरोना विरुद्ध लड्ने तयारी

क्राइसिस म्यानेजमेन्ट सेन्टर स्थापना

विराटनगर । कारोना विरुद्ध लड्न सरकारले ‘कोभिड–१९’ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ गठन गरेको छ । कोरोना भाइरस रोकथाप तथा नियन्त्रणका लागि नेपाली सेनाको छाउनी ब्यारेक स्थित महावीर गण (रेन्जर गण) परिसरमा उक्त सेन्टर स्थापना गरिएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम सेन्टर स्थापना भएको हो । सेन्टरमा प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा नेपाली सेनाको प्रबन्ध रथी र स्वास्थ्य मन्त्रालयका १२ औं तहका प्रतिनिधिहरूको समन्वयकारी भूमिका रहने छ ।

कार्यालय स्थापना, प्रारम्भिक सूचना प्रणालीको विकास, अत्यावश्यक जनशक्तिको व्यवस्थापन र स्थायी कार्यविधिहरूको मस्यौदा विकास गर्ने कार्यसम्पन्न भइसकेको सीसीएमसीले जनाएको छ ।

कोभिड–१९ विरुद्धको प्रतिकार्य गर्नका लागि उच्चस्तरीय निर्देशक समितिको मातहतमा, सहजीकरण समिति र त्यस अन्तर्गत रहेर प्रतिकार्यलाई प्रभावकारीरुपमा सेन्टरले काम गर्ने छ ।
कोरोना भाइरसविरुद्ध एकिकृत रुपमा सबै प्रकारका प्रतिकार्यहरू सञ्चालनको अधिकार छ ।

व्यक्तिहरूको ट्रयाकिङ, ट्रेसिङ र टेस्टिङ गर्ने, क्वारेन्टाइन, आइसोलेसन र उपचार, केन्द्रदेखि स्थानीयस्तरसम्म एउटै ‘चेन अफ कमाण्ड’ स्थापना गरी मृतकहरूको शव व्यवस्थापनामा तीब्र गतिमा प्रतिकार्य गर्ने काम पनि सेन्टरकै जिम्मेवारी हुनेछ ।

आफ्नो कामलाई स्वास्थ्य सेवा तथा उपचार, औषधि उपकरण तथा स्वास्थ्य सामग्री आपूर्ति सेवा, शान्ति सुरक्षा अनुगमन र नियन्त्रण कार्य र सूचना आदि कामलाई केन्द्रीकृत रूपमा परिचालन गर्न सेन्टर महत्वपूर्ण हुने बताइएको छ ।

बिहिबार, २० चैत, २०७६, दिउँसोको ०२:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर