लायन्स क्लब अफ विराटनगर ग्लोबलद्धारा २ सय घरपरिवारलाई खाद्यान्न वितरण

विराटनगर । लायन्स क्लब अफ विराटनगर ग्लोबलले २ सय घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ ।

क्लबले विराटनगर–८ मधुमारास्थित बधशाला मार्गमा बसोबास गर्दै आएका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने आम नागरिकहरुमा खाद्यान्न वितरण गरेको हो । कोरोना भाईरसको सङक्रमण न्युनीकरण गर्र्न जारी गरिएको लकडाउनको समयमा दुई छाकको भोक टार्न द्यौद्यौ परेकाहरुमा केही राहतको वातावरण सिर्जना गर्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको जनाईएको छ । क्लबले बिहिबार बिहानै विराटनगर–८ मा बसोबास गर्दै आएका स्थानीयहरुमा ३ केजी चामल, आदि लिटर खाने तेल र आदि केजी आलु लगायतका सामाग्री वितरण गरेको क्लबका सेकेण्ड भाईस प्रेसिडेन्ट मोहम्मद नशरुलले बताउनुभयो ।

क्लबका प्रेसिडेन्ट ईन्द्र खत्रीको अध्क्षतामा भएको खाद्यान्न वितरणमा भने समाजसेवी दिलशाद आलम, नुर आलम र क्लबका सदस्य लगायतले सहजीकरण गर्नुभएको थियो ।

शुक्रबार, २१ चैत, २०७६, दिउँसोको ०३:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर