विराटनगर । विराटनगरका सामाजिक अभियन्ता मोहम्मद नसरुलले ट्राफिक प्रहरी कार्यालय मोरङ्गलाई मास्क, पन्जा तथा सेनिटाईजर लगायतका सामाग्रीहरु प्रदान गर्नुभएको छ ।
नसरुलले विश्वभरि फैलिएको कोरोना भाईरसको सङक्रमणको उच्च जोखिममा रही खटिएका ट्राफिक प्रहरीहरुको सुरक्षाको बिषयलाई मध्यनजर गर्दै उक्त सामाग्रीहरु प्रदान गर्नुभएको हो । उहाँले मोरङ्ग ट्राफिक प्रहरीलाई ३ सय थान मास्क, २ डब्बा पन्जा र ५ सय मिलिलिटरको सेनिटाईजर वितरण गर्नुभएको थियो । उहाँले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्गका प्रमुख राकेश पोद्धारलाई उक्त सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।
मङ्गलबार नेपाल पत्रकार महासंघलाई पनि आवश्यक आधारभुत सुरक्षाका सामाग्रीहरु वितरण गरिने अभियन्ता नसरुलको भनाई छ ।