विराटनगर । मास्क र स्वास्थ्यकर्मीले प्रयोग गर्ने कामचलाउन पीपीई उत्पादन गर्दै आएको पूर्वेली होजियारीको उत्पादन लकडाउनमा मजदुरलाई अबरोध भएपछि
विराटनगर स्थित उद्योगमा कार्यरत मजदुरलाई लकडाउनमा हिँडेको भन्दै प्रहरीले घरबाट उद्योगसम्म आउन नदिएपछि उत्पादन बन्द गर्नु परेको सञ्चालक तेजलाल कर्णको भनाइ छ ।
कोरोना भाइरसको माहामारीको त्रासका कारण बजारमा मास्क र पीपीई अभाव भएको बेला उद्योगले मास्क र पीपीई उत्पादन गरी बजारमा पठाएको थियो । कर्णले आफ्नो उद्योगबाट उत्पादित मास्क मोरङ प्रहरीका सबैलाई पुग्नेगरी १२ सय थान निःशुःल्क उपलब्ध गराएका थिए ।
उत्पादन भएका सामाग्री बिक्रीसँगै कर्णले कोशी अस्पताललाई वितरण पनि गरेको र स्थानीय सरकारले पनि पीपीई माग गरेको कर्णको भनाइ छ । तर, उद्योगमा आउन प्रहरीले मजदुरलाई रोकेपछि सोमबारबाट काम बन्द गर्नुपरेको उहाँले बताउनुभयो ।
स्थानीय सरकारले कामदार उद्योगसम्म आउने बातावरण बनाए पून उत्पादन सुरु गर्ने कर्णको भनाइ छ । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल प्रशासनले अत्यावश्यक क्षेत्रका मजदुरलाई काममा आउन रोक नलगाएको बताउँदे त्यसमा समन्वय गरिने बताउनुभएको छ । त्यसबारे उद्योग सञ्चालकले आपूmलाई जानकारी नदिएको उहाँको भनाइ छ ।