प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

विराटनगर । प्रदेश सरकारले आज रातिबाट प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेश आज राति १२ बजेटबाट अन्त्य गर्ने निर्णय गरेको हो ।

प्रदेशसभाको बैठक अन्त्य गर्ने सम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय गरेको यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए ।

मुख्यमन्त्री राजेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

आइतबार, १३ चैत, २०७८, बिहानको ११:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर