युवा संघद्वारा राहत वितरण

विराटनगर । राष्ट्रिय युवा संघ नेपाल, मोरङको पथरीशनिश्चरे नगर कमिटीले नगरमा रहेका अत्तिबिपन्न , दैनिक ज्यालादारी मजदुरी गर्ने परिवारलाई राहत वितरण गरेको छ ।

कोरोना संक्रमण फैलन नदिने सरकारले गरेको लकडाउनको कारण विहानबेलुका हातमुख जोड्न मुस्किल परेका पथरीशनिश्चरे १ का ३१७ घर परिवारलाई राहत वितरण गरिएको हो ।

लकडाउनलाई मध्यनजर गर्दै भिडभाड नगरी राहत स्वरुप चामल, खानेतेल र नुन वितरण गरिएको युवा संघका नेता बिजय डाँगीले जानकारी दिनुभएको छ । सेनिटराइजर प्रयोग गर्दै दुरि कायम गरेर राहत सामग्री वितरण गरेको उहाँको भनाइ छ ।

यो विषम परिस्थितिमा सरकारको मात्र सबै व्यवस्थापन गर्न नसक्ने भएकोले सामाजिक दायित्व पुरा गर्दै राहत वितरण गरेको र यसलाई निरन्तरता दिने संघले जनाएको छ । नगरका सबै वडामा खाद्यान्न वितरण कार्यक्रम गर्ने भन्दै संघले सहयोग गर्नुहुने सहयोगी महानुभाबहरुलाई धन्यवाद दिएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघले संकटको बेलामा जनताको साथमा रहेर काम गर्न सबै संगठनका कमिटिलाई परिचालन गरेको जनाएको छ । युवा संघले कोरोना रोकथामका लागि जनचेतना फैलाउन र राहत वितरणमा सहभागी हुन देशभरि परिपत्र जारी गरेको संघका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले जानकारी दिनुभयो ।

सोमबार, १७ चैत, २०७६, बिहानको ०८:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर