जसपाद्वारा प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्न प्रस्ताव

विराटनगर । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्न प्रस्ताव गरेको छ ।

प्रदेश सरकारले प्रदेशको नामाकरणबारे वहस र छलफल हुन थाल्नु स्वागतयोग्य भएको भन्दै आज जारी विज्ञप्तिमा जसपाले पहिचानको आधारमा प्रदेशको नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने प्रस्ताव गरेको हो ।

जसपा प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले विज्ञप्ति जारी गर्दै आज बस्ने सर्वदीय बैठकमा आफ्नो तर्फबाट उक्त नाम प्रस्ताव राख्ने उल्लेख गरेका छन् ।

‘प्रदेश १ को नामाकरण पहिचानको आधारमा नै हुनु पर्दछ भन्नेमा जनता समाजवादी पार्टी, नेपाल प्रदेश समिति प्रदेश नम्बर १ सदा स्पष्ट र प्रतिवद्ध छ । मिति २०७७ असोज २३–२४ गते दमकमा सम्पन्न प्रदेश पदाधिकारी बैठकले यस प्रदेशको नामाकरण ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ प्रस्ताव गर्ने निर्णय गरेको स्मरण गराउँदछौं ।’ मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पृष्ठभूमि, पहिचानको मागलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ को नामाकरण गर्नुपर्नेमा उनको जोड छ । उक्त नाममा समर्थन गरिदिन सबैलाई जसपाले अपिल पनि गरेको छ ।

मङ्गलबार, १० फागुन, २०७८, बिहानको ११:२० बजे

प्रतिक्रिया

  1. जसपाद्वारा प्रदेशको नाममा बाहुन, क्षेत्री, थारु , नेवार लाई जनाउने कुनै शब्द पनि निस्केको छैन । यी सबैलाइ जनाउने शब्द छैन

प्रतिक्रिया:

सम्बन्धित खवर