विराटनगर । रेडियो प्रसार विकास समिति रेडियो नेपाल र विराटनगर महानगरपालिकाबीच तारिणिप्रसाद कोइराला स्मृति संचारग्राम संचालनका लागि समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।
विराटनगर–४ स्थित खारजीमा रहेको संचारग्राम संचालनका लागी रेडियो नेपाल र महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
संचार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थितिमा सिंहदारबारस्थित रेडियो नेपालमा भएको सम्झदारीपत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक वुद्धिबहादुर केसी तथा विराटनगर महानगरपालिकाको तर्फवाट प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले विराटनगरमा निर्माण भएको तारिणिप्रसाद कोइराला संचारग्राम मुलुककै नमुना संचार ग्रामको रुपमा स्थापित हुने बताए । सबै प्रदेशमा संचारग्राम स्थापना गर्ने सरकारको लक्ष्य अनुसार पहिलो संचारग्रामको निर्माण ऐतिहासिक भएको भन्दै उनले यसको विकासका लागि मन्त्रालयले नीतिगत र निर्णयगत सहयोग गर्ने बताए ।
कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले रेडियो प्रसारणको इतिहासमा तारिणिप्रसाद कोइरालाको भूमिका र उहाँको सम्मानमा स्थापना गरिएको संचारग्राम नेपालको लागि नमुना र महत्वपूर्ण संचारग्रामको रुपमा स्थापित हुने बताए ।
मेयर पराजुलीले रेडियो नेपालको स्थापना दिवसको अवसर पारेर महागर एफएफ र संचारग्राम एकैसाथ संचालनमा ल्याउने तयारी भइरहेको बताए । रेडियो नेपालका कार्यकारी निर्देशक वुद्धिवहादुर केसीले तारणीप्रसाद कोइराला स्मृति संचारग्राम पूर्वी नेपालको महत्वपूर्ण डिजिटल प्लेटफर्मको रुपमा स्थापित हुने बताए ।
उनले रेडियो नेपालको वार्षिक उत्सवको अवसरमा चैत २० गतेदेखि संचारग्रा संचालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको वताए । संचारग्राममा रेडियो नेपालको प्रादेशिक प्रसारण सेवा संचालनका साथै क्रियाशिल संचारकर्मीको क्षमता अभिवृद्धिकालागि तालिम संचालन, महानगर एफएम संचालन, गीत संगीत तथा श्रव्य सामाग्री उत्पादन, गीत रेकर्डिङ तथा पूर्वेलीकला सस्कृति र सिर्जनाको व्यावसायिक रुपमा प्रवद्धन गर्नेलगायत उद्देश्य रहेको छ ।