विराटनगर । मोरङको कटहरी गाउँपालिका– ६ स्थित राजधानी इँटा उद्योगका संचालक कलामसिंह लामाथि खुकुरी प्रहार गरि ज्यानमार्ने उद्योगको मुद्दा उच्च अदालतमा पुगेको छ ।
प्रतिवादीका आफन्तले जिल्लाको आदेश बदर गरि साधरण तारेखमा छोड्न माग राख्दै उच्च अदालत विराटनगरमा ७३ नम्बर गरेका छन् । प्रतिवादीकोतर्फबाट कार्तिक २५ गते उच्च अदालतमा ७३ नम्बर गरेका हुन् । सो मुद्दा अहिले विचाराधिन छ ।
१० असोजमा उच्च अदालत विराटनगरको गेटमा इँटा उद्योगका संचाल कलामसिंह माथि विराटनगरका २८ वर्षिय बिमल कार्कीले खुकुरी प्रहार गरि घाइते बनाएका थिए । सो घटनामा कार्की सोही दिन पक्राउ परेका थिए । उनी पक्राउ परेपछि मोरङ प्रहरीको अनुसन्धानपछि राजधानी इँटा उद्योगका संचालक धनपालथान गाउँपालिका १ का ५० वर्षिय मो. साजिद मियाँ, रमेश राजवहाक, नेत्र भटराई, सुरेश विश्वकर्मा र अजय भन्ने महका सहनीलाई प्रतिवादी बनाएर ज्यान मार्ने उद्योगमा मोरङ अदालतामा मुद्दा दर्ता भएको थियो ।
उक्त मुद्दामा खुकुरी प्रहार गर्ने कार्की र साझेदार व्यवसायीलामालाई खुकुरी प्रहार गर्न लगाएको आरोपमा प्रहरीले मियाँलाई पनि पक्राउ गरेको थियो । खुकुरी हान्ने र खुकुरी हन्न लगाएको भन्दै प्रहरीले तत्काल दुइ जनालाई पक्राउ गरेको थियो भने अन्य चार प्रतिवादी फरार छन् । फरार भएका प्रतिवादीले अपराध गराउन भूमिका खेलेको प्रहरीको दाबी छ ।
प्रहरीले पक्राउ गरेको दुई जना र फरार भएकाचार गरि ६ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले ४ कार्तिकमा मोरङ अदालतमा ज्यान मार्ने उद्योगमा अभियोग दर्ता गरेको थियो । मोरङ अदालतको न्यायाधी शकिशोर घिमिरेको इजालशले प्रतिवादी कार्की र मियाँ पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेका छन् । अदालतको आदेशपछि अहिले उनीहरु पुर्पक्षको लागि थुनामा छन् ।
घाइते कलामसिंहले नै खुकुरी हान्नलगाएको आरोपीको बयान
ज्यानमार्ने उद्योग मुद्दाको मुख्यअभियुक्त खुकुरी प्रहार गर्ने बिमल कार्कीले घाइते भएका राजधानी इटा उद्योगका संचालक कलामसिंह लामाले आफैले खुकुरी प्रहार गर्न लगाएको बयान दिएका छन् ।
अभियोग दर्ता भएपछि २२ कार्तिकमा मोरङ अदालतका न्यायाधीश किशोर घिमिरेको इजालशमा प्रतिवादी कार्कीले आफु एक्लैले लामालाई खुकुरी प्रहार गरेको र उनको योजना अनुसार प्रहार गरेको बयान गरेको पत्र फेला परेको हो ।
इजालमा सवाल जवाफको क्रममा ‘तपाइले घाइते कलाम सिंह लामालाई ज्यान मार्ने नियतले खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योगको कार्य गरेको हो÷ होइन् ? खुलाइदिनुहोस् । भनेर सोधिएको ६ नं. सवाल प्रश्नमा प्रतिवादी कार्कीले भनेका छन्, ‘मैले कलामसिंह लामालाई एकचोटी खुकुरी प्रहार गरेको हो । मलाई खुकुरी प्रहार गर्न निजले नै लगाएका हुन् । म एक्लैले निजलाई खुकुरी प्रहार गरेको हो ।’ खुकुरी हान्न लगाएको भनिएका मोहमद साजिदमियाँलाई आफुले नचिन्ने पनि कार्कीले बयानको क्रममा बताएका छन् ।
घाइते लामा र प्रतिवादी बनाएको मियाँ राजधानी इटा उद्योगका साझेदार हुन् । उनीहरुको उद्योगको सेयर विवादको विषयमा झगडा हुने गरेको थियो ।