विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले भर्खरै राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम राई मुख्यमन्त्री नियुक्त भएका हुन । प्रदेश प्रमुखले सोमबार सरकार गठन गर्न आह्वान गरेलगत्तै गठबन्धनमा आवद्ध दलहरूले राईलाई मुख्यमन्त्री नियुक्त गर्न ४९ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । सोही दाबी अनुसार राईलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
हिंजो नै प्रदेशसभा बैठकलाई सम्बोधन गरी मुख्यमन्त्रीबाट भीमप्रसाद आचार्यले राजीनामा घोषणा गरेका थिए । मुख्यमन्त्रीमा नियुक्त भएसँगै राईको नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद् आजै गठन गर्ने तयारी रहेको छ । प्रदेश प्रमुखको कार्यालयले दिउँसो ३ बजे मुख्यमन्त्रीको शपथ ग्रहणको तयारी गरेको छ ।