काठमाडौ । काठमाडौंमा एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ।
सोमवार स्वास्थ्यमन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा संक्रमण देखिएको बताइएको हो। फ्रान्सबाट चैत ४ गते मंगलबार फर्किएकी १९ वर्षीया किशोरीमा संक्रमण देखिएको हो। उनी होम क्वारेन्टाइनमा थिइन्।
हिजो टेकुको प्रयोगशालमा स्वाब परीक्षणमा पोजेटिभ देखा परेको हो। ती युवती फ्रान्समा अध्ययनका लागि गएकी थिइन् । कोरोनाको त्रासपछि उनी नेपाल फर्किएकी हुन् ।
यसअघि एक जना चीनबाट फर्किएका एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो। तर उनी उपचारपछि घर फर्किसकेका छन्।