विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा नयाँ बन्ने अत्याधुनिक सुविधा सम्पन्न पाँच तलाको भवनको शिलन्यास गरिएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोशी अस्पतालको नयाँ बन्ने भवनको बिहीबार शिलन्यास गरेका हुन् ।
३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँमा अन्टरग्राउण्डसहितको पाँच तलाको सुविधा सम्पन्न भवन बन्न लागेको हो । चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउण्ड भवनको भुइतलामा पार्किङ्ग हुने स्टिमेटमा उल्लेख गरिएको सहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाइ विराटनगरका सूचना अधिकारी अशोक कुमार रामले जानकारी दिए । दोस्रो तलामा एचडियूसहितको डाइलोसेसलगायतका सेवाहरू हुनेछ । यस्तै तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तलामा ५० शैय्याको हुनेछ । यसैगरि चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तलामा ५० शैय्याको हुनेछ ।
पहिलो चरणमा संघीय सरकारदेखि ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँ लागत अनुमान गरिएकोमा ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ रमण भूमिले ठेक्का पाएको हो । पहिलो चरणमा पाँच तलाको भवन बन्ने हो । त्यसपछि योजना अनुसार तला थप हुँदै जानेछ । मास्टर प्लान्ट अनुसार ७ तलाको बनाउने भवनको लागत स्टिमेटमा पाँचौ तलामा ५२ शैय्याको जनरल वार्ड र छैठौं तलामा हेल्थ अफ डिपाटमेन्ट बनाउने उल्लेख गरिएको छ । हाल ३ सय ५० शैय्याको अस्पताल रहेको कोशीको सुविधा सम्पन्न भवन बनेपछि पाँच सय शैय्या पु¥याउने कोशी अस्पतालका मेसु चुमनलाल दासले जानकारी दिए ।
रमण भूमि बिआइपिएल निर्माण कम्पनी जेबी र सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरबीच गत असारमा सम्झौता भएको थियो । सम्झौता भएको दुई महिनापछि निर्माणको काम अगाडि बढेको थियो । क्षयरोग संस्थाले समयमै साइड किलियर नगर्दा भवन निर्माण सम्झौता भएको दुई महिना ढिलो गरि काम सुरु भएको हो । निर्माण कम्पनीका कृष्ण बोहोराले आयोजना, अस्पताल र सबैको साथ सहयोग पाए तोकिएको मितिभन्दा चाँडै निर्माण गरि हस्तान्तरण गरिने बताए । ‘अस्पताल भनेको जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको ठाउँ हो । त्यहीले हामीले गुणस्तरलाई ध्यान दिएर सम्झौताभन्दा अगाडि निर्माण प्रक्रिया पूरा गरि हस्तान्तरण गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘त्यसको लागि सबैको साथ सहयोगको आवश्यक पर्दछ ।’ भवन बनाउने सम्झौता २०७८ असार २३ गते गरिएको छ भने निर्माण सकिने अवधि २०८० पुस २३ गते रहेको छ ।