विराटनगर । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आउँदो चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने दाबी गरेका छन् ।
विराटनगरस्थित कोशी अस्पतालको नयाँ भवनको बुधबार शिलन्यास गर्दै राज्यमन्त्री श्रेष्ठले देशभरीमा ७७ प्रशितभन्दा बढी जनसंख्याले खोप लगाइसकेको हुनाले चैत भित्रमा सबै नागरिकलाई सरकारले खोप दिइसक्ने दाबी गरेका हुन् ।
उनले दशैंपछि बालवालिकाहरुको लागि पनि सरकारले खोप ल्याउने जानकारी गराए । ‘यो वर्षको चैत मसान्तसम्म सबैले खोप लगाइसक्नेछन् । आवश्यक पर्ने खोपको सुनिश्चिता भइसकेको छ । अहिले पनि खोप आइरहेको छ,’ उनले भने, ‘अहिले काठमाण्डौ उपत्यका भित्र ८५ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् ।’ बढी जनघनत्व भएको ठाउँहरुमा सरकारले बढी प्राथामिकतामा राखेर खोप बितरण गरेको उनले बताए । दशैं तिहार पछि खोपको अभियानलाई तिव्रता दिएर अगाडी बढाउने राज्यमन्त्री श्रेष्ठले बताए ।
‘विशेष गरि १८ वर्ष मुनिका बालबालिकाहरुको लागि फाइजा र मोडना खोप ल्याउने तयारी सरकारले गरेको छ,’ उनले भने, ‘बालवालिकाहरूको लागि १ करोड खोपको आवश्यक पर्ने अनुमागन गरिएको छ,’ उनले भने, ‘त्यसको लागि खोप ल्याउन स्रोतको पनि सुनिश्चिता भइसकेको छ । खोपको लागि पैसाँ पनि पढाइसकेकोले दशैं र तिहारपछि बालवालिकाहरुको लागि पनि सुनिश्चिताको साथ अभियान सुरु हुनेछ ।’
उनले अहिले पनि संक्रमण देखिरहेकोले स्वास्थ्य मापदण्ड पालाना गरेर चाडपर्व बनाउन पनि आग्रह गरे । ‘अहिलेको परिस्थिलाई ख्यालल गरि सचेत भएर चाडपर्व मनाउन सरकारले आग्रह गरेको छ,’ उनले भने । राज्यमन्त्री श्रेष्ठले ७५३ स्थानिय तहहरुमा अस्पताल बनाउने सरकारको अभियान रहेको बताए । ‘यसको शिलन्यास पनि भएको छ । सरकारले क्रमिक रुपमा डिपिआर र शिलन्यास भएको ठाउँमा अस्पताल बन्दै जानेछ,’ राज्यमन्त्री श्रेष्ठले भने ।