हवल्दारको ओछ्यान बिगार्ने जवानलाई हानियो ‘थप्पड’

मदिरा पिएर क्वाटरमा होहल्ला गर्दै ओछ्यान भत्काएपछि साहलाई सम्झाइ बुझाइ मात्र गरेको हवल्दारको भनाइ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार मेजरको कुटाइबाट एक जना प्रहरी जवान घाइते भएका छन् ।

हवल्दार मेजर शिव प्रधान श्रेष्ठले मंगलबार बिहान डियुटिबाट फर्किएका प्रहरी जवान मनोज साहलाई गालामा थप्पड हानेका हुन् ।

श्रेष्ठले जवान साहलाई डियुटिको समयमा मदिरा सेवन गरि होहल्ला गरेको भन्दै थप्पड हानेको आरोप छ । हवल्दार श्रेष्ठले मोरङ प्रहरीमा कार्यरत जवानहरूलाई ड्युटीमा खटाउने गर्दछन् । सोमबार साँझ आन्तरिक मामिला मन्त्रालयमा ड्युटी गर्न साह गएका थिए ।

विहान फर्किदा मदिरा पिएर क्वाटरमा होहल्ला गर्दै ओछ्यान भत्काएपछि साहलाई सम्झाइ बुझाइ मात्र गरेको हवल्दार श्रेष्ठले बताए । ‘ड्युटीबाट फर्किएर आएपछि साहले क्वाटरमा होहल्ला गर्दै सुत्ने खाटको ओछ्यान बिगारेका थिए । यसो गर्नु हुँदैन भन्दै सम्झाइ बुझाइ मात्र हानेको हुँ,’ प्रहरी हवल्दार श्रेष्ठले भने, ‘प्रहरी जवानलाई मैले कुटेकै छैन ।’ कुटपिटबाट घाइते भएका प्रहरी जवान विष्टले ड्युटीबाट फर्किएर सुत्ने बेलामा हवल्दार मेजरले बुट र हातले कुटपिट गरेको उनको भनाइ छ ।

मेजरको कुटाइबाट अनुहारमा चोपटपक लागेको उनले बताए । यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले घटनको विषयमा बुझने काम भइरहेको बताए । कुटपिट भएको विषयमा आफुलाई कुनै जानकारी नआएको भन्दै घटनाको विषयमा बुझ्ने काम भइरहेको उनले बताए ।

मङ्गलबार, ०५ असोज, २०७८, रातीको ०८:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर