महेन्द्र मोरङका एक हजार २४ जना विद्यार्थीले लगाए कोरोना खोप

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका एक हजार २४ जना विद्यार्थीले कोरोना खोप लगाएका छन् । क्याम्पसले मंगलबार १०ः३० बजेदेखि दिउँसो ४ः०० बजेसम्म विद्यार्थीलाई खोप लगाएको हो ।

क्याम्पसका विद्यार्थीका लागि विराटनगर महानगरपालिकाले खोप उपलब्ध गराएको थियो । खोप लगाउन बाँकी विद्यार्थीलाई पछि केही दिनभित्र खोल लगाइने महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख विष्णुदेव दासले बताए ।

खोप लगाएपछि पठन–पाठनमा सजिलो हुने उनको भनाइ छ । बिए प्रथम वर्षमा अध्यनरत छात्रा मनीका कामतले अब निर्धक्क पढाइ हुने विश्वास व्यक्त गरे । कोरोना खोप लगाएपछि सबै विद्यार्थी खुसी देखिन्थे । उनीहरुले गतवर्ष जस्तो पुरै वर्ष लकडाउनका नाममा खेर नजाने भन्दै उत्साह व्यक्त गरेका छन् ।

– प्रशिक्षार्थी

बुधबार, ३० भदौ, २०७८, दिउँसोको ०३:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर