मोतिबिन्दुका ७० बिरामीको निःशुल्क शल्यक्रिया गरियो

विराटनगर । सुनवर्षी नगरपालिका वडा नम्बर ८ मा लायन्स/लियो क्लव विराटनगर हलेंसी, सुनवर्षी नगरपालिकाको वडा नम्बर ८ र सिंहश युवा क्लवको संयुक्त आयोजनामा शनिबार निःशुल्क आँखा शिविर संचालन गरिएको छ ।

आँखा शिविरमा ४९१ जनाले आँखा जाँच गरेका छन् । आँखा जाँचको क्रममा ७० जनामा मोतिबिन्दु देखिएको थियो । उनीहरु सबैको रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरमा निःशुल्क शल्यक्रिया गरिएको लायन्स क्लवका जोन चेयरपर्सन घनश्याम पोखरेलले जानकारी दिए ।

जनता आदर्श विद्यालय सुनवर्षी ८ खरेबारी सिक्टी, मोरङमा भएको शिविर तेज कोहली एण्ड रुइत फाउन्डेसनको आर्थिक सहयोग र रामलाल आँखा अस्पताल प्रतिष्ठान विराटनगरले प्राविधिक सहयोग गरेको थियो ।

यसअघि पनि लायन्स क्लव विराटनगर हलेंसी, शुभम् मिटसिटी, ग्रिनसिटी र सिटी क्लवको आयोजनामा सुनसरीको गढी गाउँपालिकामा आँखा शिविर गरिएको थियो ।

गढी गाउँपालिका वडा नम्बर २ मा भएको शिविरमा ३ सय ४९ जना जनाका आँखा परीक्षण भयो भने २४ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो ।

शिविर संचालन गर्ने क्रममा महिलाको महिनावारी समस्या सम्बन्धी सचेतना, वातावरणीय सचेतना, मास्क वितरण, प्रेसर चेकलगायत कार्यक्रम गरिएको थियो । कार्यक्रम लायन्स क्लव ३२५ ए वान अन्तर्गत जोन ३६ बाट विभिन्न क्लवबहरुले संयुक्त रुपमा विभिन्न ठाउँमा गरिरहेका छन् ।

आइतबार, २० भदौ, २०७८, साँझको ०७:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर