विराटनगर । प्रदेश १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारी साधनको भाडा वृद्धि गर्ने निर्णय गरेको छ । प्रदेश १ भौतिक पूर्वाधार विकास मन्त्रालयले २३ प्रतिशत भाडा वृद्धि गर्दै सूचना जारी गरेको हो ।
‘भाडा निर्धारण समितिको मिति २०७८/०४/१७ मा बसेको बैठकले गरेको सिफारिस समेतलाई आधार मान्दै प्रदेश नं. १ भित्रका रुटहरुमा संचालन हुने सार्वजनिक यातायातका सवारीहरुको भाडादर यस मन्त्रान्त्रालयको मिति २०७८/०५/०१ को (मा.मन्त्री स्तरीय) निर्णयाअनुसार सोही मितिदेखि लागू हुने गरी देहाय बमोजिम समायोजन गरिएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
सूचना अनुसार पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा पनि १६.५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २३ प्रतिशत बढेको छ । यस्तै यात्रुबहाक सवारीको भाडा २२ प्रतिशत वृद्धि गरिएको छ ।
संघीय सरकारले गत असार २९ गतेबाट लागू हुने गरी २८ प्रतिशतसम्म लामो दूरीमा चल्ने (अन्तरप्रदेश) सवारीको भाडा बढाएको थियो ।