बेलबारी । मोरङको सुनवर्षि नगरपालिकामा जारी मेयरकप फुटबल प्रतियोगितामा उपाधि जिते प्रत्येक खेलाडीलाई जनही ५ हजार रुपैयाँ दिने घोषणा बेलबारी नगरपालिकाले गरेको छ ।
प्रतियोगिताको फाइनलमा पुगेको बेलबारी नगरपालिकाका खेलाडीहरुलाई शुभकामनासहित बिदाई गर्दै मेयर ज्ञानेन्द्र सुवेदीले वितेता भएमा पुरस्कार दिने घोषणा गर्नुभएको हो ।
प्रतिययोगिताको फाइनल खेलमा बेलबारीले कानेपोखरी गाउँपालिकासँग प्रतिष्पर्धा गर्दैछ । प्रतियोगितामा बिजेताले १ लाख २१ हजार र उपविजेताले ६५ हजार रुपैयाँ नगदसहित कप, मेडल तथा प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।