विराटनगर । विराटनगर–५ का सुजन दाहालले नेपाली कांग्रेसको नगर समिति सचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।
२०४८ सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएका दाहाल नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीति सुरु गरेका हुन् ।
उनले नेविसंघको विभिन्न कमिटीमा रहेर काम गरिसकेका छन् । सामाजिक क्षेत्रमा समेत क्रियाशिल दाहालले यस पटकको निर्वाचनमा सचिवको उम्मेद्वारी घोषणा गरेका हुन् । उनले लोकतन्त्र, गणतन्त्र र सुशासनका निमित्त आफ्नो उम्मेद्वारी रहेको बताउँदै पार्टीभित्रको यावत विकृतिहरुलाई निर्मूल गर्न उम्मेद्वारी रहेको घोषणा गरे ।
दाहालले आफू सचिवमा रहँदा निष्पक्ष भूमिकामा रहने र आगामि निर्वाचनमा कांग्रेसलाई अगाडि बढाउनका लागि सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन घोषणा भएपछि जिल्ला जिल्लामा अहिले कांग्रेसको चुनावी सरगर्मी बढेको छ ।
अग्रिम शुभकामना !🌺🌺🌺🌺