प्रचण्ड, माधव नेपाल र विप्लवबीच संयुक्त भेट

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव), पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच संयुक्त भेटवार्ता भएको छ ।

महासचिव विप्लव आज बिहान अर्का नेता धर्मेन्द्र वाँस्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको विप्लवको सचिवालयले जानकारी दिएको छ ।

विप्लवले कोटेश्वरमा प्रचण्डसहित नेता नेपालसँग छलफल गरेका हुन् । महासचिव विप्लवले बुधबार प्रचण्डसँग मात्रै उनकै निवास खुमलटारमा भेटवार्ता गरेका थिए । प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टी र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन सम्बन्धी छलफल भएको विप्लवको सचिवालयले जनाएको छ।

एकीकृत क्रान्तिको नारामा आन्दोलनरत विप्लवसमूह र कम्युनिष्ट एकतामा जोड दिइरहेका माओवादी अध्यक्ष प्रचण्ड तथा एमाले अध्यक्ष केपी ओलीका विरुद्धमा संघर्षरत माधव नेपालबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

बिहिबार, ३१ असार, २०७८, बिहानको ११:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर