अहिले कोरोना भाईरस (कोभिड–१९) को प्रकोप सबैभन्दा बढी इटालीमा फैलिदै छ, देश पूरै ‘लक डाउन’ अवस्थामा छ। त्यहाका एक नागरिकले विश्वका अरु देशका नागरिक र सरकारलाई इटालीको अनुभवबाट सिकेर दिएको सन्देश।
सबैलाई थाहा भएको कुरा हो, अहिले कोरोना भाईरस (कोभिड–१९) फैलिएको कारणले पूरै इटाली क्वारान्टाइनमा छ। त्यो भनेको बाहिर निस्कने अती आवश्यक काम नभए सम्म देशका सबै नागरिक, सबै जना सकेसम्म घरमा नै बस्नुपर्छ। यो नराम्रो र डरलाग्दो अवस्था हो, तर यो भन्दा पनि डरलाग्दो के हो भने बाँकी संसारका देशहरुले आफ्नो देशमा यो भाईरस नआईपुगेको र धेरै नदेखिएको भन्दै हामीलाई त केही हुँदैन भनेर ढुक्क सँग बसेका छन्। हामीलाई थाहा छ तिमीहरुले के सोचिरहेका छौ, किनकी हामी पनि केही समय अघी त्यही अवस्थामा थियौं।
एकछिन हेरौं हामी र हाम्रो इटाली लगभग २–३ हप्तामा कसरी त्यो अवस्थाबाट यो अवस्थामा आइपुग्यौं।
पहिलो स्टेज
तिमीलाई थाहा छ कोरोना भाईरस छ भन्ने कुरा, तिमीले न्युजमा पढेका छौं, टिभी, इन्टर्नेटमा त्यो बारे समाचार हेरेका छौ। पहिलो दोस्रो गरेर केही पोजिटिभ केसहरु तिम्रो देशमा देखिएका छन्। डराउनुपर्ने केही छैन, यो अली कडा खालको रुघा खोकी मात्रै हो, बुढाबुढीहरुलाई मात्र डर हुन्छ। जवानहरुले त भाईरसलाई पचाईहाल्छन्। गर्मी लाग्दैछ, भाईरसहरु मरिहाल्छन्। म सुरक्षित छु, ढुक्क छु। सबै किन यती सार्हो आत्तिरहेका छन्, बेकारमा मान्छे तर्साउने काम गर्दैछन्। केही डर छैन।
दोस्रो स्टेज :
अब बिस्तारै पोजिटिभ केसहरु बढ्न थालेका छन्, अब स–साना क्षेत्रहरुलाई ‘रेड जोन’ भनेर तोकिन थालिएको छ, शुरुमा केस देखिएका शहरहरुमा अली बढी विरामी देखिन थालेका छन् (फेब्रुअरी २२ तिरको कुरा) । तर पनि आत्तिनुपर्ने केही छैन, त्यहीका डाक्टर, नर्स, अस्पतालहरुले हेर्दैछन्। केही मान्छे मरेका छन् तर सबै बुढाबुढीहरु छन्, पहिलेदेखी सुगर, दम जस्ता अरु रोग लागेका हरु छन्। मिडियाहरुले बेकारमा सानो कुरालाई ठुलो बनाएर मान्छे तर्साउँदैछन्। म आफ्नो काम गरिरहन्छु, व्यापार व्यवसाय गरिरहन्छु, साथीभाइ भेटिरहन्छु, मलाई यो भाईरसको डर पनि छैन। यहाँ सबै ठिकै छन्।
तेस्रो स्टेज :
अब पोजिटिभ केसहरु छिटो छिटो बढ्दैछन्, दिनमै दोब्बर देखिन थालेका छन्, धेरै मर्न थालेका छन्। ‘रेड जोन’ र ‘क्वारान्टाइन क्षेत्र’ भनेर सरकारले अरु अरु शहरहरुलाई पनि तोक्दैछ। इटालीमा मार्च ७ सम्ममा एक चौथाई देश क्वारान्टाइनमा बसीसकेको छ। ती क्षेत्रका स्कुल, कलेजहरु बन्द भएका छन् तर रेस्टुरेन्ट, बार, फिल्महल, अफिसहरु अझै खुल्ला छन्। कुनै पत्रीकामा पूरै देश लक डाउन हुने समाचार अफिसियल्ली आउनु भन्दा अघी लिक हुन्छ, अनी करिब १० हजार जना ती ‘रेड एरिया’ तोकिएका भाईरस फैलिएको क्षेत्रबाट भाईरस नफैलिएका क्षेत्रमा भएका आ(आफ्ना घर फर्कन्छन्। बाँकी तीन चौथाइ इटालीका बासिन्दाहरुको दैनिकि खासै बद्लिएको हुँदैन, उनीहरु साबुन पानीले हात धुन्छन्, मास्क लगाएर हिड्छन्, भेला, समारोह नगरौं, सकेसम्म घरमै बसौं भन्ने सन्देश रेडियो, टिभीमा बजिरहन्छ। तैपनी अवस्था कती सम्म बिग्रनसक्छ भनेर उनीहरुले अनुमान लाउन सकेका छैनन् ।
चौंथो स्टेज :
पोजिटिभ केसहरु ह्वात्तै बढ्न लागेका छन्, सबै स्कुल कलेजहरु कम्तीमा १ महिनाका लागि बन्द भएका छन्। देशमा स्वास्थ्यको इमर्जेन्सी घोषणा गरिएको छ। अस्पतालहरुमा विरामी भर्ना गर्न ठाउँ नपुगेपछी अन्य सामान्यहरुलाई हटाएर खाली गर्न लागिएको छ, रेगुलर अप्रेसनहरु क्यान्सिल गरिएका छन्, भएका डाक्टर, नर्स, स्वास्थ्यकर्मीले विरामीको चाप धान्न सकेको छैन। रिटायर्ड भईसकेकाहरुलाई बोलाइएको छ, अन्तिम वर्ष पढ्दै गरेकाहरुलाई काममा खटाइको छ, स्वयमसेवकहरु भर्ना गरिएका छन्। सिफ्टमा काम गर्ने भन्ने नै छैन, जती काम गर्न सकिन्छ, गर्नु भनिएको छ। डाक्टर नर्सहरुलाई पनि भाईरस संक्रमण देखिएको छ, उनीहरुको परिवार, बच्चाबच्चीलाई पनि देखिएको छ। भाईरस संक्रमण जटिल भएर निमोनिया भएका विरामीहरु थुप्रीन थालेका छन्, आइसीयु चाहिने विरामीहरुको भिड बढ्न थालेको छ, तर विडम्बना आइसीयु बेड खाली नै छैन, अझ भर्ना गर्नलाई सामान्य बेडहरु पनि खाली छैन, भर्ना गरेपनी हेर्नलाई पर्याप्त स्वास्थ्यकर्मी छैनन्। यो एउटा युद्दक्षेत्र जस्तै भएको छ। डाक्टरहरुले आउने जती सबैलाई उपचार गर्न चाहेर पनि सकिरहेका छैनन्, उपचारपछी बाच्ने सम्भावना जसको बढी छ, उसलाई बेड दिनुपर्ने, औषधी दिनुपर्ने अवस्था आएको छ। त्यसले गर्दा बुढाबुढीहरुले उपचार पाउने सम्भावना घट्दो छ। थोरै जनशक्ती र स्रोतले सबैलाई धान्नै नसकिने देखिएको छ। भेन्टिलेटर चाहिने सिकिस्त विरामीलाई अक्सिजन मात्र लगाएर राख्नुपर्दा मर्नेको संख्या बढ्दो छ। यस्तो तरिकाले आँखै अघी बाँच्नसक्ने र बाँच्नपर्ने विरामी मरेको देख्दा डाक्टर, नर्स विक्षिप्त छन्। तर गर्न सकिने केही छैन, पूरा सिस्टम धरासायी हुँदैछ।
पाँचौ स्टेज :
रेड जोनबाट भागेर घर पुगेका १० हजार जना बारे अघी भनिसकें। अब उनीहरुले गर्दा पूरा इटालीभरी भाईरस फैलिसकेको छ। अब पूरा देश नै क्वारान्टाइनमा छ। सकेसम्म भाईरस फैलनबाट रोक्ने भन्ने उद्देश्यले। तर मान्छेहरु काममा जान, किनमेल गर्न, औषधी पसल जान सक्छन् किनभने व्यापार त रोकिनु भएन नि, नत्र अर्थतन्त्र धराशायी हुन्छ। अब सबै जनाले मास लगाउने, पन्जा लगाउने गर्न थालेका छन्। तर अझै पनि केही मान्छेहरु भेटिन्छन् जो आफूलाई भाईरससँग डर लाग्दैन भन्ने गर्छन्, अनी साथीभाइ जम्मा हुन्छन्, खान्छन्, पिउछन्, रमाइलो गर्छन्।
छैठौं स्टेज :
–लेखनाथ न्यौपानेको फेसबुकबाट