जनार्दन अर्थमन्त्री र पम्फा ऊर्जामन्त्री बन्ने

विराटनगर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बन्ने भएकी छन् ।

नकेपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो ।

नेपा माओवादी केन्द्रले यसअघि केपी ओली नेतृत्वको सरकारमा मन्त्री नभएकालाई प्राथमिकतामा आधारमा यस पटक मन्त्री बनाउने भएको छ । अर्को चरणमा देबेन्द्र पौडेल, हरिबोल गजुरेललगायत मन्त्री बन्ने स्रोतले जनाएको छ ।

अहिले ६ बजे देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ । त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । आज संभावत ५ सदस्यीय मन्त्रिमण्डल बन्नेछ ।

मङ्गलबार, २९ असार, २०७८, साँझको ०५:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर