धारा ७६ (५) मा सांसदलाई ह्वीप नलाग्ने फैसला, साउन ३ गते संसद बोलाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने आदेश दिएको छ ।

संवैधानिक इजलासले आज फैसला सुनाउँदै नेपालको संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहर गरेको हो ।

यस्तै सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र संसद बैठक बोलाउन आदेश दिएको हो ।

सोमबार, २८ असार, २०७८, दिउँसोको ०१:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर