मोरङ । केन्द्रमा नेकपा एमालेको विवाद समाधानको नजिक पुगेको भनिए पनि मोरङमा भने केन्द्रलाई नै टक्कर दिनेगरी समानान्तर गतिविधि भइरहेका छन् ।
बिहीबार मोरङको बेलबारीमा नेकपा एमाले (माधव–धलनाथ)समूहले २ सय ५१ सदस्यीय नगरकमिटी गठन गरेको छ । एमाले बेलबारीका पुराना नेता पिपि थापा मगरको संयोजकत्वमा गठित समितिको सचिवमा कमल कोइराला छन् ।
कमिटीको इन्चार्जमा राजेस बस्नेत र सहइन्चार्जमा शङ्कर गुरुङ रहेका छन् । कमिटी २२ गते नै गठन गरिएको र केही प्राविधिक समस्याका कारणले आज मात्रै सार्वजनिक गरिएको नवगठित कमिटीका सचिव कोइरालाले बताए । जिल्ला कमिटीको निर्देशन अनुसार गठन गरिएको जनाएको छ ।
नवगठित कमिटीले भने समानान्तर कमिटी नभई कमिटीलाई पुनःर्गठन गरेको सो पक्षले जनाएको छ । लामो समयसम्म कमिटीहरु चलायमान भएका थिएनन् । नवगठित कमिटीका अध्यक्ष पिपि थापा मगरले चाँडै नै पदाधिकारी, कार्यालय र वडा कमिटीहरु बनाउने बताए । ओली समूहले पनि बेलबारीमा यसअघि नै एकलौटी कमिटी बनाइसकेको छ ।
पदलोलुपताले मान्छेलाई सार्है गाँजेको छ यहाँ.. यस्ले अन्तत आशा देखिएको ब्यक्तित्व पनि आफ्नै कारणले उधोगति तिर बगिरहेको देख्दछु। बेलबारीमा पनि माकुने जस्ता पदको लागि राजनीति गर्ने नेताका हावाले छोएको रहेछ भन्दा म छक्क परेको छु।अहिलेको आवश्यक्ता यो कटक्कै हैन ।यस्ले अरुलाई हैन आफैलाई नोक्सान पुर्याउने छ।