विराटनगर । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै विरोधमा उत्रिएका विद्यार्थी संगठनहरुले शनिबार विराटनगरको ट्राफिक चोकमा प्लेकार्ड सहित प्रदर्शन गर्ने तयारी गरेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय पूर्वी जिल्ला र विराटनगर महानगर समितिको पहलमा शुक्रबार संयुक्त विद्यार्थी संगठनको बैठक बसेर आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।
विघटन विरुद्ध विभिन्न पाँच विद्यार्थी संगठनहरुले केही दिनदेखि विभिनन आन्दोलन गर्दै आएका छन् । उनीहरुले संविधान विपरित चल्ने र एकपछि अर्को प्रतिगमनकारी हर्कत गर्ने सरकारको रवैया विरुद्धमा आन्दोलित हुन सबै विद्यार्थीहरुलाई आग्रह गर्दै शनिबार दिउँसो ३ बजेको प्रदर्शनमा सहभागी हुन आव्हान गरेको अखिल क्रान्तिकारी मोरङ जिल्ला सचिवालय सदस्य अभिमन्यु यादवले जानकारी दिएका छन् ।