किसानलाई ब्याजमा अनुदान, १५ सय युवा किसानलाई दिइने

विराटनगर । प्रदेश एक सरकारले प्रदेश प्रमुख नव प्रवर्तन कृषि कार्यक्रम अन्तर्गत कृषि उद्यमीहरुले बंैकबाट लिएको ऋण ब्याजमा अनुदान उपलब्ध गराउने भएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशमा पहिलोपटक व्यावसायिक कृषि ऋणको ब्याज अनुदान वितरण गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

आगामी आर्थिक वर्षदेखि कार्यक्रम लागु गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलले कृषि विकास बैंकसँग सझदारी पत्रमा हस्ताक्षर गरेको छ । प्रदेश सरकारको वार्षिक कार्यक्रममा समावेश गरिएको प्रदेश प्रमुख नवप्रवर्तन कृषि कार्यक्रमकालागि मन्त्रालयले सर्वप्रथम कृषि उद्यमीहरु छनौट गर्ने र उनिहरुले इच्छ्याएको कृषि व्यवसाय सम्बन्धि तालिम उपलब्ध गराउने छ । वैदेशिक रोजगारबाट आएकाहरु सवै कृषिमा जानकारी नै हुन्छन् भन्ने नहुने भएकाले उनीहरुलाई सर्वप्रथम तालिम उपलब्ध गराउने मन्त्री रामबहादुर राना मगरले बताए ।

युवा उद्यमीहरुले अनुदान लिनका लागि व्यावसायिक कार्ययोजना सहित कर्जा माग गर्नुपर्ने छ । उनीहरुलाई अधिकतम १० लाखसम्म ऋण उपलब्ध गराउने कृषि विकास बंैकका प्रदेश एक निर्देशक बासु अधिकारीले बताए ।

पहिलो चरणमा मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वैदेशिक रोजगारबाट फर्कीएका कृषि क्षेत्रमा इच्छुक १५ सय जना युवाहरुलाई सो कार्यक्रमकालागि छनौट गरेको मन्त्रालयकी सचिव निरु दाहाल पाण्डेले बताइन् ।

सो कर्जाको एक प्रतिशत व्याज युवा उद्यमीले र बाँकी व्याज प्रदेश सरकारले एकमुष्ट उपलब्ध गराउने छ । युवाहरुलाई पशुपंक्षी पालन, च्याउ, तरकारी खेती, माछामासु बिक्री वितरण तथा प्रशोधन, दुग्ध पदार्थ बिक्री वितरण तथा प्रसोधन, मौरी पालन, तरकारी, फलफुल तथा मलिा प्रसोधन, साना शीत गृह तथा कृषि मार्ट स्थापनालगायतमा ऋण उपलब्ध गराइने छ ।

बुधबार, १६ असार, २०७८, साँझको ०६:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर