बेलबारीको बजेट : १ अर्ब ३६ करोड ७० लाख

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि १ अर्ब ३५ करोड बराबरको रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

बिहीबार भएको आठौं नगरसभामा उपप्रमुख ढाकाकुमारी पराजुलीले १ अर्ब ३५ करोड ७० लाख ४६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेट चालु आ.व. को संशोधित बजेटको तुलनामा २१ करोड ५८ लाख ५७ हजार ४ सय ९३ अर्थात १८ दशमलव ९९ प्रतिशतले बढि छ । आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तावित बजेट प्राप्तिका स्रोतहरुमा कर, दस्तुर, शुल्क तथा राजश्वबाट प्राप्त हुने आन्तरिक आय १३ करोड ९० लाख ५० हजार अनुमान गरिएको छ ।

नगरपालिकाले संघीय सरकारबाट १ अर्ब ५७ लाख ४६ हजार, प्रदेश सरकारबाट २ करोड ७८ लाख, विभिन्न परियोजना तथा कार्यक्रम मार्फत १० करोड ४४ लाख ५० हजार र नगर विकास कोषबाट ८ करोड बराबरको ऋण प्राप्त हुने अनुमान गरेको छ । प्रस्तुत कुल बजेटको विनियोजन प्रशासनिक खर्च र चालु कार्यक्रम ८७ करोड ६ लाख ९० हजार र पूँजिगत खर्चतर्फ ४८ करोड ४३ लाख ५६ हजार विनियोजन गरिएको छ ।

सामाजिक विकास कार्यक्रम तर्फ ६२ करोड ४१ लख ६६ हजार, आर्थिक विकास कार्यक्रमतर्फ ७ करोड ६८ लाख १२ हजार, पूर्वाधार विकास कार्यक्रमतर्फ ४५ करोड ४८ लाख ५६ हजार, वन वातावरण र विपद् व्यबस्थापनतर्फ २ करोड २९ लाख २० हजार र सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ १ करोड ८ लाख ५० हजार विनियोजन गरिएको छ ।
चालु आ.व.को जेष्ठ मसान्तसम्मको बजेट खर्च चालुतर्फ ६७ प्रतिशत र पूँजिगततर्फ ३४ प्रतिशत गरी ५२ प्रतिशत भएको उपमेयर पराजुलीले जानकारी दिएकी छन् ।

बिहिबार, १० असार, २०७८, साँझको ०६:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर