१६ डिआइजीको सरुवा, प्रदेश १ मा अरुण बिसी

विराटनगर । गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूको सरुवा निकालेको छ। सोमबार मन्त्रालयले डिआइजीहरूको सरुवा निकालेको हो।

सरुवा सूचीअनुसार प्रदेश १ मा अरुणकुमार बिसीको सरुवा भएको छ। केन्द्रीय अनुसन्धान ब्युरोमा डिआइजी धिरजप्रताप सिंहको सरुवा भएको छ।

ब्युरोमा कार्यरत सहकुलबहादुर थापाको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा सरुवा भएको छ। उमेश रञ्जितकारको दुई नम्बर प्रदेशमा सरुवा भएको छ।

यस्तै, गण्डकी प्रदेशमा डिआइजी दिवेश लोहनीको सरुवा भएको छ। प्रकाशजंग कार्कीको बागमती प्रदेश, मुकुन्दराज आचार्यको लुम्बिनी प्रदेश, गणेशबहादुर ऐरको कर्णाली प्रदेश, रविन्द्रकुमार धानुकको विशेष ब्युरो, वसन्तकुमार पन्तको अख्तियार, प्रदेश १ का इश्वरबाबाबु कार्कीको प्रधान कार्यालय योजना तथा अन्वेशण, उत्तमराज सुवेदीको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको छ।

कसको सरुवा कहाँ ? हेर्नुहोस् सूची

सोमबार, ०७ असार, २०७८, साँझको ०७:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर