राजनीतिक स्खलनका कारण राजनीतिमा चौतर्फी समस्या : बाबुराम भट्टराई

विराटनगर । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दल र नेतृत्वगमा स्खलन आएकै कारण देशमा चौतर्फी संकट बढ्दै गएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति दल र नेतृत्वको स्खलन भएको बताएका हुन् ।

उनले लेखेका छन् ‘भनिन्छ–टाउकाको ओखती नाइटामा लगाएर हुन्न । अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो।’ नेता भट्टराईले पार्टी र नेतालाई आमुल परिवर्तन गर्नुपर्ने वा नयाँ बनाउने आँट गर्नुपर्ने बताए ।

उनले सबैलाई परिवर्तन हुनुपर्ने सन्देश दिँदै भनेका छन् कांग्रेस ‘कांग्रेस’ नरहनुस, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनुस समाजवादी ‘समाजवादी’ नरहनु ! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं । नत्र समयले कसैलाई पर्खन्न है ।’

आइतबार, ०६ असार, २०७८, बिहानको ०९:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर