जसपाको दुवै पक्षको कारबाही निर्वाचन आयोगलाई अमान्य

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को दुवै पक्षले एक आपसलाई गरेको कारबाही र निष्कासनको निर्णय कानून सम्मत नभएको ठहर गरेको छ ।

जसपाको दुबै पक्षले एक अर्कालाई कारवाही गरेर विवरण अद्यावधि गर्न निर्वाचन आयोगलाई दिएका निवेदनहरु माथि आज फैसला दिँदै निर्वाचन आयोगले यस्तो ठहर गरेको हो ।

दुई अध्यक्ष महन्त ठाकुर र उपेन्द्र यादव नै अध्यक्ष रहने गरी पुरानै पदाधिकारी कायम रहने फैसला निर्वाचन आयोगको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरु जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त निर्णयका रुपमा निर्वाचन आयोगले जसपाका दुबै पक्षको निवेदनलाई खारेज गरिदिएको हो ।

आइतबार, ३० जेठ, २०७८, साँझको ०६:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर