विप्लबका १४ कार्यकर्ता पक्राउ

उदयपुर । बालिका अपहरण गरेको अभियोगमा प्रहरीले नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १४ जना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।

युवती अपहरणको अभियोगमा उदयपुरको कटारीबाट १४ जना कार्यकर्ता तथा कार्यकर्तालाई बिहीबार पक्राउ गर्दै प्रहरीले बालिकाको उद्धार गरेको छ ।

बुधबार साँझ ५ बजे अपहरणमा परेकी धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ की १४ वर्षीय बालिका गरिमा मोक्तानको खोजीमा परिचालित भएको प्रहरीले उनीहरुलाई पक्राउ गरी बालिकाको उद्धार गरेको हो । बालिका अपहरणको कारण खुलेको छैन ।

प्रहरीमा पीडितका आफन्तले उजुरी दिएपछि प्रहरीले बालिकाको खोजी गरेको थियो । नेपाल प्रहरीको २ नं. प्रदेश कार्यालयबाट एसपीको कमान्डमा ८० जना र सशस्त्र प्रहरीको तर्फबाट ३० जनाको टोलीले खोजी गर्दा उदयपुरको कटारीबाट बालिकालाई उद्दार गरेको २ नं. प्रदेश प्रहरी प्रमुख डिआईजी प्रद्युम्न कार्कीले जानकारी दिनुभयो ।

पत्रक्राउ पर्नेमा उदयपुर ताबिलका १८ वर्षकाम अविनाश तामाङ, गाईघाटका २० वर्षका आशिष लामा, ताप्लेजुङकी १६ वर्षकी रञ्जना राई, धनकुटा पाख्रिबासकी १९ वर्षकी अनिता राई, कैलालीकी १९ वर्षकी अनुष्का राउत रहेका छन् । यस्तै मोरङ आइतबारेकी १७ वर्षकी सपना राई, भोजपुरका ४५ वर्षका मनोराम राई, मोरङका १५ वर्षका आशिष श्रेष्ठ र सिन्धुली जुवाडेका १९ वर्षका ईश्वर पुनमगर पक्राउ परेका छन् ।

प्रहरीका अनुसार इलाम फाकफोककी २० वर्षकी मुस्कान राई, इटहरीका २८ वर्षका विवेक खड्का, सर्लाही लालबन्दीकी १६ वर्षकी रीता कार्की, ताप्लेजुङ खोक्सिङका २० वर्षका विकास राई, इलाम बतासेका १७ वर्षका आयुस मगर पनि पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले तीन थान पेस्तोल र १२ वटा बम समेत फेला पारेको जनाएको छ । यस्तै ११ वटा सकेट बम र प्रेसर कुकर बमलगायत, दस्तावेजसहितका सामाग्री फेला पारेको प्रहरीको दावी छ ।

बिहिबार, २९ फागुन, २०७६, साँझको ०६:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर